प्रेसविरोधी प्रावधान सच्याउन ध्यानाकर्षण

भदौ १,नेपाल मिडिया सोसाइटीले मुलुकी फौजदारी संहिताका केही प्रावधान प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका रहेकाले त्यसलाई तत्काल सच्याउन माग गरेको छ ।

मुलुकी ऐन प्रतिस्थापन गरी शुक्रबारदेखि लागू हुने संहिताका २९३ देखि ३०८ सम्मका दफामा समेटिएका प्रावधानले प्रेसले निर्बाध काम गर्न पाउने वातावरणमा गम्भीर धक्का पुगेको सोसाइटीको ठहर छ ।

सोसाइटी अध्यक्ष शुभशंकर कँडेलले बिहीबार वक्तव्य जारी गर्दै संहिताका ती व्यवस्था हटाउन र नयाँ ऐन–कानुन बनाउँदा संविधानको धारा १९ को आमसञ्चारको हकलाई विशेष ध्यान दिन आग्रह गरेका छन् । संहितामा भएका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउन तथा त्यस प्रकारको संहिताको व्यवस्था स्वतन्त्र प्रेसको हकमा लागू नहुने कुरा सम्बन्धित पक्षबाट कानुनी रूपमै स्पष्ट पार्न सोसाइटीले माग गरेको छ ।, यो खबर आजकोकान्तिपुरदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)