सेयर बजारको सन्देश – नेप्से सधैं घटिरहँदैन है !

 

 श्रावण ३०

सेयर बजारको सन्देश – नेप्से सधैं घटिरहँदैन है ! 

काठमाडौं । लामो समयदेखि उकालो लाग्न नसकेको सेयर बजारमा दुई दिनयता हरियाली छाएको छ । आइतबार ३२ महिनायताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको नेप्से परिसूचक त्यसयता भने २ दिन निरन्तर सुधारिने लयमा देखिनुले ‘नेप्से सधैं घटिरहँदैन’ भन्ने सन्देश लगानीकर्तालाई दिएको हो ।

दुईदिनको सुधारले पछिल्लो समय नेप्से धेरै अंकले घटेर आजित भइसेकका लगानीकर्तामा भने केही आशा पलाएको छ । सोमबार १० दशमलव ४३ अंकले बढेको बजारमा मंगलबार ६.६१ अंकले बढेको हो । धेरै घटिरहेको बजारमा लगानीकर्ताले मौका खोजिरहेका थिए । यस्तो अवस्थामा २ दिनको बजारको ट्रेन्डले बजारमा लगानीयोग्य रकम पनि मिलेको र लगानीकर्ता लगानी गर्न सक्षम भएको देखिने जानकारहरु बताउँछन् । यद्यपि कारोबार रकममा उल्लेख्य सुधार नहुनुले यो वृद्धि सपोर्ट नगर्ने उनीहरु बताउँछन् ।

बजार परिसूचक घटबढ हुने क्रम स्वभाविक रहेपनि तल्लो बिन्दुमा पुगेर फर्किएको बजार त्यो बिन्दुभन्दा धेरै घट्दैन भन्ने संकेत दिएको लगानीकर्ताको विश्वास छ । तर, बजारलाई अहिले नै सपोर्ट मिलिहाल्ने कुनै फ्याक्टर नहुँदा यो सुधारले कुनै खुसी नदिएको स्वयम् लगानीकर्ता बताउँछन् सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार बजार परिसूचक सधैं घटिरहने वा बढिरहने भन्ने हुन्न । सोही कारण धेरै घटेको भएर थोरै कमब्याक गर्नु स्वभाविक रहेको उनी बताउँछन् । उनले भने, “२ दिन बढेको बजार अब कुन दिशामा जान्छ त्यो भनिहाल्ने अवस्था भने छैन । लगानीकर्ता वेट एन्ड सी कै अवस्थामा छौं ।”

उनले भने, “बजारलाई सपोर्ट हुनेगरी नीतिगत सुधार वा नियामक निकायबाट चालिएको ठूलो कदम पनि केही छैन । त्यस्तो त्यस्तो सकारात्मक समाचारले बजार उकासेको पनि हैन ।”

नेप्से बढ्दा मंगलबार कारोबार रकम उल्लेख्य मात्रामा बढ्न भने सकेन । सोमबार १६ करोड ९६ लाख रुपैयाँको करोबार भएको सेयर बजारमा यसदिन १८ करोड ९५ लाख रुपैयाँको मात्र सेयर किनबेच भयो । यसक्रममा कूल १६० कम्पनीका ७ लाख ३२ हजार कित्ता सेयर मात्र किनबेच भए ।

नेप्से बढ्दा ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक पनि १  दशमलव ५६ अंकले बढेर २ सय ४९ दशमलव ५० अंकमा पुगेर बन्द भएको छ । यसदिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेस्टमेन्ट बैंककोे भएको छ । बैंकको  आज जम्मा ८५ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भए ।

नेप्से बढ्दा यसदिन सबैभन्दा धेरै मूल्य आरम्भ माइक्रोफाइनान्सको सेयरको बढ्यो । कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाउँदा मल्टी पर्पोज फाइनान्सको सेयर मूल्य ५ दशमलव ३६ प्रतिशतले घटेको छ । नेप्से बढ्दा मंगलबार होटल र अन्य समूहबाहे सबै समूहको उपसूचकमा सुधार आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा