नेकपाको केन्द्रीय सचिवालयको बैठकले के के निर्णयहरु गर्‍यो ? हेर्नुस् ।

nekapa_YBekDSVedM-650x500

साउन २५, काठमाडौं । बिहिवार बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकले लिएका निर्णयहरु:
१)पार्टीको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा रहनेछ।जनबर्गिय सँगठन,आयोग तथा बिभागका केन्दृय कार्यालयहरु सँभव भएसम्म पेरिसडाँडामा रहनेछ।
२)प्रदेश पार्टी तथा जनबर्गिय सँगठनहरुको एकिकरणका लागि सुझाब प्रतिवेदन पेश गर्न गठित कार्यदलहरुलाई दिईएको समय बढाई श्रावण मसान्त सम्म गरिएको छ।
३) सँघिय तथा प्रदेश सरकारका सदस्यहरु,प्रदेशसभाका दल नेता तथा उपनेता हरु,संघिय संसद तथा प्रदेशसभाका समितिका सभापतिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु,सबैस्तरका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुले पार्टी कमिटीको अध्यक्ष र सचिबको कार्यकारी जिम्मेवारी लिनुहुने छैन।
सँघिय संसद तथा प्रदेश सभाका सदस्यहरुले जिल्ला कमिटी वा सो भन्दा तलका कमिटीहरुका अध्यक्ष र सचिबको जिम्मेवारी लिनुहुनेछैन।
४)राजनितिक प्रतिबेदन श्रावण मसान्तसम्ममा प्रकाशित गरिनेछ।
५)आर्थिक बिनियम सहित विभिन्न निर्देशिका र आचारसंहिताको मस्योदा गरि प्रतिवेदन पेश गर्न क•सुबास नेम्वाङको सँयोजकत्वमा एक कार्यदल गठन गरिएको छ।
६)स्थायी कमिटीको बैठक भाद्र ८र ९ गते काठमाडौमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको