
साउन २५, काठमाडौं । बिहिवार बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकले लिएका निर्णयहरु:
१)पार्टीको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा रहनेछ।जनबर्गिय सँगठन,आयोग तथा बिभागका केन्दृय कार्यालयहरु सँभव भएसम्म पेरिसडाँडामा रहनेछ।
२)प्रदेश पार्टी तथा जनबर्गिय सँगठनहरुको एकिकरणका लागि सुझाब प्रतिवेदन पेश गर्न गठित कार्यदलहरुलाई दिईएको समय बढाई श्रावण मसान्त सम्म गरिएको छ।
३) सँघिय तथा प्रदेश सरकारका सदस्यहरु,प्रदेशसभाका दल नेता तथा उपनेता हरु,संघिय संसद तथा प्रदेशसभाका समितिका सभापतिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु,सबैस्तरका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुले पार्टी कमिटीको अध्यक्ष र सचिबको कार्यकारी जिम्मेवारी लिनुहुने छैन।
सँघिय संसद तथा प्रदेश सभाका सदस्यहरुले जिल्ला कमिटी वा सो भन्दा तलका कमिटीहरुका अध्यक्ष र सचिबको जिम्मेवारी लिनुहुनेछैन।
४)राजनितिक प्रतिबेदन श्रावण मसान्तसम्ममा प्रकाशित गरिनेछ।
५)आर्थिक बिनियम सहित विभिन्न निर्देशिका र आचारसंहिताको मस्योदा गरि प्रतिवेदन पेश गर्न क•सुबास नेम्वाङको सँयोजकत्वमा एक कार्यदल गठन गरिएको छ।
६)स्थायी कमिटीको बैठक भाद्र ८र ९ गते काठमाडौमा बस्नेछ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट