काठमाडौँ, साउन २४ । ११ वर्षीय निशान हत्या प्रकरणमा भएको अपहरणकारीको इन्काउन्टरबारे महानगरी अपराध अनुसन्धान महाशाखाले इन्काउन्टर फेक नभएको ब्रिफिङ गरेको छ ।
महानगरी अपराध महाशाखाका टोलीले गृहमन्त्रालय पुगरे गृहमन्त्री रामबहादुर थापा बादललाई इन्काउन्टर फेक नभएको बताएको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्री थापालाई बिहिबार भक्तपुर इन्काउन्टर प्रकरण सत्य भएको ब्रिफिङ गराएको हो ।

स्रोतका अनुसार सिंहले गृहमन्त्रीलाई इन्काउन्टर प्रकरण बाहिर प्रचार गरिएको जस्तो फेक घटना नभएको बताएका छन् ।
इन्काउन्टरमा मारिएका दुई व्यक्तिका परिवारले फेक इन्काउन्टर भएको भन्दै घटनाको छानविनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरी दिएका छन् भने इन्काउन्टर घटनाबारे सरकारले छानबिन समेत गर्ने भएको छ ।
आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट