August 8, 2018

‘गम्भीर अपराधमा मिलेमतो गर्ने प्रहरी होईन, दलालसँग जानु छ भने किन प्रहरी हुनु ?’

 

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक आईजिपी मा नियुक्त भएको सय दिन पुरा भएको छ । प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् । विगतमा प्रहरीभित्र हुन गरको राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभाव,एआईजी बढुवामा भएको ढिलाई तथा प्रहरीको सेवा अवधिजस्ता विषयमा नागरिक दैनिकका गुणराज लुइँटेल र टपेन्द्र कार्कीले खनासँग गरेको संवादको केहि अंश :

विचौलियाको प्रभाव अत्यधिक छ । नेपाल प्रहरीलाई बिचौलियामुक्त कसरी बनाउनुहुन्छ ? दलाल, बिचौलिया जस्तोसुकै रुपमा आए पनि उनीहरुलाई प्रवेश निषेध छ । नेपाल प्रहरी सबैका लागि समान छ । जसको पहुँच छैन, त्यसको सेवामा नेपाल प्रहरी झन् लाग्नुपर्छ । प्रहरी भइसकेपछि बिचौलिया वा दलालसँग जानु छ भने किन प्रहरी हुनु ? म अहिले आईजिपी भएर मा भनेको होईन, मैले विगतदेखि भन्दै आएको छु । प्रहरीभित्र अत्याधिक राजनीतिक हस्तक्षेप छ ? हस्तक्षेप निम्त्याउने प्रहरी पनि होला, चाहना राख्नु राजनितिक तहमा पनि होला । चाहना राख्ने र निम्त्याउने दुवैका कारणले राजनीतिक हस्तक्षेप भएको हो ।

कतिपय सन्दर्भमा चेन अफ कमान्ड राजनीतिसँग हो कि आईजिपीसँग हो भन्ने छुट्याउन कठिन देखिन्छ नि ? मैले प्रहरीको नेतृत्व सम्हालेपछि त्यस्तो अवस्था छैन । जहिले सरकार, गृह मन्त्रालय र प्रहरी संगठनबीच कुनै त्यस्तो अन्तद्र्धन्द्ध छैन । त्यो हुनु पनि हुँदैन ।, आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर