काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले जनस्वास्थ्यमा खेलबाड गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै दोषीमाथि कडा कदम चाल्न निर्देशन दिए।
उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई तत्काल नकारात्मक पहिचानको ‘रेड कार्ड’ दिन उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिए। मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएको सम्पूर्ण संयन्त्र परिचालन गर्न पनि निर्देशन दिए।
विभागको ठूलो दायित्व रहेको भन्दै उनले अहिले त्यो पूरा हुन नसकेकोमा असन्तुष्टि जनाए। ‘विभागको निक्कै ठूलो जिम्मेवारी छ, अहिले त्यो पूरा भएको छैन,’ मन्त्री खनालले भने, ‘अन्तराष्ट्रिय प्रतिस्पर्धामा हामीले गर्ने काम पुग्दो छ कि छैन? तपाईहरु आ–आफ्ना छोराछोरी सम्झेर काम गर्नुस्, समीक्षा आफै गर्नुस्।’
जनस्तरबाट उठेका प्रश्नमा विभाग जवाफदेही हुनुपर्ने उनको भनाइ छ। ‘आफ्नो घेराभित्र रहेर हरेक ठाउँमा अनुगमन र चेकजाँच गर्नुस्,’ खनालले भने, ‘साथ दिने म छु, हरेक ठाउँमा निर्देशनको मात्र भर पर्न पर्दैन।’
पटकपटक अनुगमन र चेकजाँच गर्न, नमुना फरकफरक ढंगले संकलन गर्न निर्देशन दिँदै मन्त्री खनालले राम्रो गर्ने उद्योगलाई पुरस्कृत र प्रचार तथा नराम्रोलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
पानी, दूध र मुख्य खाद्यवस्तुमा सक्रिय भएर लाग्न आग्रह गर्दै खनालले ६ महिनापछि फेरि समीक्षा गर्ने जानकारी दिए। ‘ल्याब बिग्रेको छ भने भन्नुस्, बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस्,’ उनले भने, ‘सबै छ गर्न सकिएन भने त्यो पनि भन्नुस्। अनि के गर्नुपर्छ म गर्छु, कोहीसँग कोही डराउनु पर्दैन।’ राम्रो सुरुवात नभए केहीको पनि गणना नहुने उनको भनाइ थियो।
कार्यक्रममा विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले मन्त्रीले भनेका कुराहरुलाई आफ्नो दायित्व सम्झेर काम गर्ने प्रतिबद्धता जनाए।
पटकपटक अनुगमन गरेर सुधार गर्न निर्देशन दिँदा पनि सुधार नगर्ने उद्योग बन्द गराउने उनले चेतावनी दिए। विभागले अनुगमनलाई तीव्र बनाएको तर स्रोतसाधन र जनशक्ति पर्याप्त नरहेको महानिर्देशक कर्णको भनाइ थियो ।
विभागका अनुसार गत आर्थिक वर्षमा देशभरबाट २ हजार ८ सय १३ वटा नमुना संकलन गरी परीक्षण गर्दा ३ सय ५४ वटा न्युन गुणस्तरका पाइएको छ। त्यसमध्ये खाद्य समूहमा सबैभन्दा बढी १४० वटा न्युन गुणस्तरको पाइएको छ। जसमध्ये दूध तथा दुग्ध पदार्थ ७२, प्रशोधित पिउने पानी २६, गुलियो पदार्थ १७, तेल तथा घ्युजन्य पदार्थ ११ वटा न्युन गुणस्तरको पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ