August 7, 2018

‘बुढा, एक्लै नमर्नु है, सँगै मरौंला

साउन २२, १० वर्षअघि प्रेम विवाह गरेका लालबहादुर र सितलाको जोडी आइतबारको पहिरोका कारण सधैंका लागि छुट्यो। भविष्यमा धेरै पढेर स्कुलमा पढाउने जागिर खाने लालबहादुरकी जेठी छोरी भगवती विक र डाक्टर बन्ने रञ्जनाको सपना पनि पहिरोसँगै पुरियो।

 

 ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो।

पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो। पुरिएकै अवस्थामा उनले श्रीमान् लालबहादुरसँग भनेकी थिइन्, ‘यहाँबाट मलाइ निकाल्ने कोसिस गर्नुस् बरु गाउँकै घरमा गइजाउँला।’

उनी एकोहोरो बोलिरहेकी थिइन्, ‘कोही बचाउन आउँछन् कि अलि जोडले कराउनुस् है, ढिला भए मरिन्छ फेरि।’

पहिरोले घर पुरिँदा चेपिएर आधा घन्टासम्म जीवितै भए पनि उद्धारको अभावमा ज्यान गुमाएकी भेरी नगरपालिका ६ गंगटियाकी सितलाले आफू जीवित रहँदासम्म तीन छोरी र श्रीमान्को मात्रै चिन्ता गरिरहेकी थिइन्।

सितलाले जति बोले पनि भत्किएको कोठाको कुनामा काठले चेपिएका लालबहादुरले घाइते श्रीमतीको कुरा सुन्नबाहेक केही गर्न सकेनन्।

श्रीमतीको पीडायुक्त बोली मिसिएको सुनेर गाउँलेसँग गुहार माग्न धेरै कोसिस गरे उनले तर गाउँलेको कानमा आवाज पुग्न नपाउँदै सितलाले उनकै काखमा प्राण त्यागिसकेकी थिइन्।,यो खबर आजको नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर