
एजेन्सी । रुसले हजारौँका सङ्ख्यामा उत्तर कोरियाली कामदारहरु भित्र्याइरहेको खुलासा भएको छ । यसरी रुसले संयुक्त राष्ट्र संघको नियम उल्लंघन गर्दै कामदारहरुलाई नयाँ काम दिइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । १० हजार भन्दा बढी उत्तर कोरियालीहरुले सेप्टेम्बरदेखि नै काम सुरु गर्ने निवेदन तयार भइसकेको रुसको आन्तरिक मन्त्रालयले बताएको हो ।
उत्तर कोरियाको आणविक हतियार कार्यक्रममा बाधा पुर्याउन आर्थिक दबाब दिने उद्देश्यले संयुक्त राष्ट्र संघले सबै देशबाट उत्तर कोरियाली कामदारहरुलाई फिर्ता पठाउन आदेश दिएको थियो । तर श्रम मन्त्रालयबाट प्राप्त जर्नलमा भने यस वर्ष मात्र कम्तीमा पनि ७०० कामदारहरुले श्रम स्वीकृति पाइसकेको फेला परेको छ ।
उता रुसको विदेश मन्त्रालयले अहिले यसबारे कुनै प्रतिक्रिया नदिने बताएको छ । यस विषयमा आक्रामक प्रतिक्रिया दिँदै अमेरिकी प्रशासनका प्रवक्ताले भनेका छन्, ‘रुसले अमेरिकासँगको कूटनीतिक सम्बन्ध जारी राख्न हामीसँग सहकार्य गर्नै पर्ने हुन्छ र यो पहिले नै स्पष्ट पारिएको थियो । तर यसरी हामी विरुद्ध काम गरेर रुसले विश्वका लागि थप खतरा निम्त्यिाइरहेको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन