August 5, 2018

‘सोम’ बैठकका पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ

 

साउन २०,काठमाडौं – बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सबै सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरिय अधिकारी संलग्न रहने ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) यही साउन २६ गते हुँदैछ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य पाहुनाका लागि आवश्यक पर्ने सवारी जुटाउन सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ गाडी किन्ने भन्दा पनि विभिन्न मन्त्रालय र निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन गृह मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।

विगतमा राजपरिवारले प्रयोग गरेका गाडी, ४ वर्षअघि काठमाडौंमा आयोजना भएको १८ औं सार्क सम्मेलनमा प्रयोग भएका र अन्य निकायका सुविधा सम्पन्न सवारी जुटाउन समितिले कसरत गरेको हो । १८ औं सार्क सम्मेलनताका कतारले नेपाललाई ९ वटा मर्सिडिज गाडी सहयोग स्वरुप उपलब्ध गराएको थियो । गृह मातहतको समितिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी मातहतका गाडीबारे चासो राख्दै पत्राचार गरेको बताइएको छ ।

नेपाल प्रहरीले ४, सशस्त्रले २ र गाडीको संख्या नखुलाएको सेनाले आवश्यकताअनुसार उपलब्ध गराउन सकिने भन्दै जनाउँदै जवाफ दिएका छन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर