August 4, 2018

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छः प्रधानमन्त्री ओली

  श्रावण १९

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए ।  

नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “विमस्टेकमा आउन लाग्नु भएका राष्ट्र प्रमुखहरुसँग सामूहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्छौं ।” 

प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नुपर्ने समय आएको बताए । “नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरीब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “नेपालको पुरानो परिचय बदल्न उद्यमी व्यवसायीले योजना ल्याएमा सरकारको साथ सहयोग हुनेछ ।” 

प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नुपर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताए । “हामी आर्थिक परिर्वतन त भनिरहेका छौँ तर त्यो बाटो पक्रिरहेका छैनौँ” प्रधानमन्त्री ओलीले भने “सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ, यसमा कृषिलाई पनि जोड्नु पर्दछ ।” 

“देशलाई स्थिरता चाहिएको छ, जनताले स्थिरताको अपेक्षा गरेका छन्, वर्तमान सरकार अगाडि नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार होइन” उनले भने । “जनताले स्थिरताका लागि पनि गतिशील सरकारको अपेक्षा गरेका थिए । त्यो पूरा भएको छ, अब सरकारले जनताका तिनै अपेक्षाबमोजिम काम गर्छ” प्रधानमन्त्री ओलीले भने ।  

उद्योगको स्थापना र सञ्चालनका लागि जे जति सहुलियत दिन सकिन्छ, त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । सरकारले दोहोरो, तेहोरो कर नलिने प्रधानमन्त्रीले बताए । व्यवसायीहरुले कर वृद्धिको विषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस विषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था हटाइने बताए ।  रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि