July 31, 2018

चीनलाई हङकङको विषयमा बाहिरी हस्तक्षेप अस्वीकार्य

 

 श्रावण १५

चीनलाई हङकङको विषयमा बाहिरी हस्तक्षेप अस्वीकार्य 

एजेन्सी । दोस्रो विदेश भ्रमणमा रहेका बेलायतका विदेश मन्त्री जेरेमी हन्टले सोमबार चिनियाँ प्रमुख वाङ यीसँग औपचारिक भेटवार्ता गरेका छन् । पूर्वमन्त्री बोरिस जोन्सनको राजिनामासँगै हन्ट नयाँ विदेश सचिवका रुपमा नियुक्त भएका हुन् । चिनियाँ विदेश मन्त्री वाङ यीसँग यो उनको पहिलो भेट रहेको थियो । 

यसै क्रममा दुवै पक्षबीच खुला व्यापार नीति, उत्तर कोरिया र जलवायु जस्तो विश्वव्यापी समस्यामा चीन र बेलायतले कसरी एकसाथ काम गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । भ्रमणमा जानुपूर्व नै हन्टले बेलायत युरोपेली युनियनबाट बाहिरिएपछि चीनसँगको व्यापारिक सम्बन्ध थप प्रगाढ बनाइने बयान दिएका थिए । यसअघि प्रधानमन्त्री टेरेजा फेब्रुअरीमा चीन भ्रमणमा आउँदा पनि उनले १ करोड २० लाख बराबरको व्यापारिक सम्झौता सुनिश्चित गरेर गएकी थिइन् । 

त्यसैगरी बैठकको समयमा मन्त्री वाङले चीनको एकल राष्ट्र नीतिबारे पुनः याद दिलाउँदै  हङकङ चीनको आन्तरिक मामिला भएकाले त्यसमा बाहिरी हस्तक्षेप स्वीकार्य नहुने पनि स्पष्ट पारेका हुन् । ताइवान, हङकङ र मकाउलाई चीनले संवेदनशील विषयका रुपमा लिँदै आएको छ । यसकारण पनि लामो समयसम्म सहकारिता कायम राख्न बेलायतले यी विषयमा कुनै चासो नदेखाएको राम्रो हुने बताइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन