काठमाडौं – संयसक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको सबै व्यापार व्यवसय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्टले साउन पहिलो साता परराष्ट्र मन्त्रालयलाई पत्र लेखी उत्तर कोरियाली मुलुक तथा नागरिकको स्वामित्वमा सञ्चालित सबै उद्योग व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।
समाचारमा लेखिएको छ, राष्ट्रसंघले आफ्नो परिपत्र बाध्यकारी रुपमा लागू गर्न पनि नेपाललाई सचेत गराएको छ ।
राष्ट्रसंघले प्रतिबन्ध लगाएका मुलुकले विश्वभर व्यापार व्यवसाय वा अन्य कुनै काम गर्न नपाइने र यो प्रावधानको नेपाल सदस्य राष्ट्र भएको पनि पत्रमा स्मरण गराइएको छ ।
नेपालस्थित उत्तर कोरियाली राजदूतावासका कतिपय कर्मचारी काठमाडौंका होटल रेस्टुरामा संलग्न रहेको बताइएको छ । परिपत्र कार्यान्वयनका लागि राष्ट्रसंघले साउन २७ गते सम्मको समय दिएको छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)