
काठमाडौ, १२ साउन । प्रधानमन्त्री केपी ओलीले जनताबाट अस्वीकृत भएकाहरूको चुरीफुरी उपयुक्त नहुने भन्दै सरकारका कामकारबाहीको डटेर बचाउ गर्न नेकपाका सांसदलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार नेकपा संसदीय दल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकदुई जना सांसद उभिँदैमा संसद् अवरोधको अवस्था आउन नदिनेतर्फ सचेत रहन सांसदलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले संसद्मा सांसदलाई सरकारका कामकारबाहीबारे डटेर कुरा राख्न निर्देशनसमेत दिए । ‘सदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरूले अगुवाइ गर्ने र नयाँ साथीले त्यसलाई पछ्याउने गर्नुप¥यो’, उनले भने, ‘शीर्ष नेताले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । यसले संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’
असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी दर्जनौ कानुन बनाइसक्नुपर्ने भएकाले संसद् अवरोधको अवस्था आउन नहुने प्रधानमन्त्री ओलीले बताए । ‘सबै काम समयमै सक्न हाम्रा सांसदले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिनुपर्छ’, ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन ग¥यो भन्नुको कुनै तुक नभएको समेत दाबी गरे । ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउने अधिकार दिएको छ’, उनले भने, ‘त्यसकारण आवश्यकताअनुसार मन्त्रालय विभाजन गरिएको हो ।’
वर्तमान सरकार बनेपछि बेथिति एवं भ्रष्टाचार घट्दै गएको उनको दाबी छ । ‘कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु’, उनले भने । बैठकमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीको अनशन तोडाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका थिए । बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकारविरुद्ध भइरहेका षड्यन्त्रलाई चिर्ने काम गर्न सांसदलाई निर्देशन दिएका थिए । अन्नपुर्ण पोष्ट दैनिकमा खबर ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर