July 27, 2018

बिहीबारदेखि नयाँ संरचनामा एपीएफ

 

साउन ११, काठमाडौं – अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ ।

सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ ।

यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयां संरचनाले मजवुत बनाएको छ ।  आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

प्रदेश प्रहरी र संघीय प्रहरीबीच कानुन कार्यान्वयनमा मतभेद भयो भने पनि सशस्त्र प्रहरी बलले पुलको काम गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)