July 24, 2018

कानुनमन्त्रीको राजीनामापछि अर्को नयाँ कानूनमन्त्री को ?

साउन ८,काठमाडौं– नेकपाले कानून तथा संसदीय मामिलामन्त्री  शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै अब उनको स्थानमा को मन्त्री बन्ने भन्नेमा चर्चा सुरु भएको छ ।   

नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाललाई मन्त्री बनाउने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको एक सचिवालय सदस्यका अनुुसार  ढकाललाई मन्त्री बनाउने  तयारी गरिएको छ ।

‘पार्टीले तामाङलाई सरकारबाट फिर्ता बोलाउने भएपनि औपचारिक रुपमा राजनीनामा आउन बाँकी छ’, ती सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘उहाँको राजीनामासँगै ढकाललाई मन्त्रीको सपथ दिलाउने गरी तयारी भइरहेको छ। औपचारिक निर्णय आउन वाँकी छ । ’

तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वाचित बनेका  हुन् । 

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएपछि  विवादमा तानिएका कानुमन्त्री तामाङलाई नेकपाले फिर्ता बोलाउने निर्णय गरेको थियो । 

मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर तामाङले राजीनामा दिएको घोषणा गर्ने बताइएको छ ।

उनले  दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्बोलनको आयोजना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’