काठमाडाैं, साउन ६ । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको आरोप फ्रान्सले लगाएको छ । अर्जेन्टिनामा भएको जी ट्वेन्टी मुलुकका मन्त्रीस्तरीय बैठकमा फ्रान्सका वित्त मन्त्री ब्रुनो ले माइरेले अमेरिकी नीति कुनै अर्थमा पनि ठीक नभएको भन्दै उनले कटू आलोचना गरेका हुन ।
फ्रान्सले व्यापार युद्ध यथार्थ भएको पनि जनाएको छ । यो यथार्थलाई सामना गर्नुको विकल्प छैन मन्त्री माइरेको भनाइ थियो ।
तर अमेरिकी वित्त मन्त्री स्टेभेन म्नुचीनले भने आरोपको प्रतिवाद गर्दै ईयू र चीनले स्वतन्त्र प्रतिष्पर्धाका लागि आफ्नो बजार खुला गर्नुपर्ने धारणा राखे ।
गएको हप्ता मात्रै पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ईयू र चीनसँग ठूलो व्यापार घाटा रहेको भन्दै ठूलो परिमाणमा विभिन्न कर लाद्ने घोषणा गरेका थिए । एजेन्सी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन