July 21, 2018

अब नेकपाको एकता प्रक्रियाले तीब्रता लिने

काठमाडौँ, ५ साउन। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का  केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अब नेकपाको तल्लो तहसम्मको पार्टी एकता प्रक्रियाले तीब्रता लिने भएको छ।  २०७५ जेठ ३ गते पार्टी एकीकृत भएतापनि पार्टी गठन तथा संचालनका लागि नियमावली तयार नभएकाले प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र कमिटी, महानगर, उपमहानगर, नगर, गाउँपालिका कमिटीहरुको  एकीकृत  कमिटी बन्न सकेको थिएन।

 

भूगोल कमिटीका साथै जनबर्गीय संगठन कमिटी पनि बन्न नसकेर एमाले र माओवादी केन्द्रको पार्टी एकीकृत भएको २ महिना पूरा हुँदा पनि दुई पार्टीबीचका नेता, कार्यकर्ताबीच एकै पार्टीका कार्यकर्ता जस्तो जोश, जाँगर, भावनात्मक सम्बन्धको विकास हुन् नसकेको महसुस भएको थियो।  
अब चाहिं तल्लो तहसम्म एकीकृत पार्टीको सङ्गठ र त्यसको संरचना निर्माण गर्नका लागि बाटो खुलेको छ।  जस अनुसार, एकीकृत पार्टी नेकपाको  (१) अन्तरिम विधान- २०७५: १७ अध्याय, ७३ धारा र ८ अनुसूचीसहित ६४ पृष्ठ, (२) नियमावली-२०७५: १० परिच्छेद, २९ धारा र ८ अनुसूचीसहित ५० पृष्ठ।

 

नेकपाको स्थायी कमिटी र केन्द्रीय सचिवालयका सदस्यहरूबाट प्राप्त सुझावहरूका आधारमा अन्तिम रूप दिएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरेपछि महासचिव विष्णुप्रसाद पौडेलले छपाइका लागि प्रेसमा पठाएको र ”अब नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को  एकता प्रक्रियाले तीब्रता लिनेछ” भन्ने  विश्वास पत्रकार तथा युवा केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका