July 20, 2018

स्वास्थ्य संस्था बन्दको बिरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त (भिडियोसहित)

 Lathisahit-Photo

बिराटनगर, साउन । डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आवहान गरेको देशव्यापी स्वास्थ्य संस्था बन्द कार्यक्रमको विरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् ।बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्दको विरोधमा दिउँसो करिव एक घण्टा प्रदर्शन गरेका हुन् ।‘अस्पताल बन्द गर्न पाईदैन, बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन, स्वास्थ्य सस्था बन्द मुक्त घोषणा कार्यान्वयन गर, भयरहित वातावरणमा बिरामीले उपचार गराउँन पाउँने अधिकार सुनिश्चित गर’ लगायत नारा लगाउँदै अस्पताल अगाडी प्रदर्शन गरिएको हो ।

बन्दको बिरोधमा नोबेल अस्पताल अगाडी प्रदर्शन गरिदै

प्लेकार्ड र बिरामी दर्ता पुर्जासहित दर्जनौंको संख्यामा निश्किएका बिरामी र बिरामीका आफन्तले अस्पतालको मुलगेट अगाडी दिउँसो १२ बजेदेखि करिब एक घण्टा प्रर्दशन गरेका थिए ।

लाठिसहित उत्रिए बिरामीका आफन्त

अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी स्वरुप बिरामीका आफन्तले लाठिसहित प्रदर्शनसमेत गरेका छन् । नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारी प्रदर्शन गरेका हुन् । बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिएका हुन् ।

 

बन्दको बिरोधमा लाठिसहित निश्कएका बिरामीका आफन्तहरु

यसैबीच नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंसिक मात्र प्रभाव देखिएको छ । नोबेल शिक्षण अस्पताल, बिराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

          बन्दको बिरोधमा लाठिसहित निश्कएका बिरामीका आफन्तहरु

भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक