सन् २०११ को पर्यटन लक्ष्य २०१८ मा पूरा ?

imageकाठमाडौं । नेपालले सन् २०११ को पर्यटन वर्षमा राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ७ वर्षपछि पूरा हुने देखिएको छ । सन् २०१८ को पहिलो ६ महिनाको पर्यटन आगमन दर पछिल्लो ६ महिनामा पनि कायम रहे ७ वर्ष अगाडि राखेको लक्ष्य बल्ल पूरा हुने छ ।  

२०१८ को पछिल्लो ६ महिनामा ५ लाखभन्दा धेरै वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागका अनुसार जनवरी देखि जुनसम्म ५ लाख २० हजार १४ जना वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय पर्यटक नेपाल भित्रिएका थिए । 

२०१८ को जनवरीदेखि ६ महिनासम्म नेपाल भ्रमणमा आउने पर्यटक मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । ६ महिनामा ९६ हजार ३ सय भारतीय पर्यटक नेपाल आएका छन् ।

सन् २०१७ मा सवैभन्दा धेरै ९ लाख ४० हजार विदेशी पर्यटक  नेपाल भ्रमणमा आएका थिए । सन् २०१८ को पहिलो ६ महिनाको आगमन दर नै पछिल्लो ६ महिनामा पनि कायम रहे यसवर्ष  साढे ११ लाख ५० पर्यटक नेपाल आउने छन् । 

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज