३५ वर्षीया कटरिनाको दश वर्षअघिको त्यो जन्मदिन !

चर्चित बलिउड अभिनेत्री कट्रिना कैफले आज ३५ औं जन्मदिन मनाएकी छिन् । उनले आफ्नो जन्मदिन परिवारसँग लन्डनमा मनाएकी छिन् ।

xchgxfcg

पर्दामा मलयालम भाषी फिल्मबाट प्रवेश गरेकी कट्रिना पछिल्लो समय बलिउडकी स्टार अभिनेत्रीका रुपमा स्थापित छिन् । बलिउडमा राम्रो स्थापित कट्रिनाले यस वर्षभने पारिवारसँग जन्मदिन मनाएकी हुन् ।

उनका १० वर्षअघिको जन्मदिन निकै अविष्मरणीय छ । उनको जन्मदिनको पार्टीमा उपस्थिति दुई बलिउड वरिष्ठ नायक शाहरुख खान र सलमान खानबीच मनमुटाव भएको थियो ।

सन् २००८ को १६ जुलाइमा कटरिनाले जन्मदिनको पार्टी राखेकी थिइन् । जहाँ शाहरुख र सलमान पनि उपस्थित थिए । पार्टीमा सलमान खानले शाहरुख खानसँग आफ्नो टेलिभिजन शो ‘दश का दम’ लाई शाहरुखको शो ‘क्या आप पाँचवी पास से तेज हे’ को तुलनामा राम्रो टीआरपी मिलिरहेको बताएका थिए । सलमानले सुपरस्टार भएर पनि हिट शो गर्न नसकेको भन्दै शाहरुखलाई उक्साइरहेका थिए ।

सलमानले शाहरुखलाई किङ्ग खान जस्तो ट्याग प्रयोग गर्न बन्द गर्न समेत भनेका थिए । तर जब शाहरुखले सलमानकी पूर्व प्रेमिका ऐश्वर्या रायसँगको सम्बन्धबारे टिप्पणी गर्न सुरु गरे त्यसपछि उनीहरूबीच घम्साघम्सी नै भएकाे थियाे । स्थितीलार्इ साम्य पार्न शाहरुखकी पत्नी गौरीले शाहरुखलाई पार्टीबाट बाहिर लगिन भने सलमानलार्इ कटरिनाले सम्हालेकी थिइन् ।

यो घटनापछि शाहरुख खान र सलमान खानबीच पाँच वर्षसम्म बोलचाल भएन । सन् २०१३ मा कांग्रेस नेता बाबा सिद्धिकीले आयोजना गरेको पार्टीमा यी दुईबीचको मनमुटाव सुल्झाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको