विश्व विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत !

पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सोमबार दिउँसो पेरिस ओर्लेको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए ।

क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व कप विजेता बनेको थियो । फ्रान्सले विश्व कप जितेको यो दोस्रो पटक हो । यसअघि सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्व कप फ्रान्सले पहिलो पटक जितेको थियो ।

आइतबारको फाइनलमा सुरुवाती समयमा क्रिोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको थियो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको थियो ।

तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको थियो । खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका थिए ।

पाउल पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३ –१ बनाएका थिए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४–१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४–२ पार्दै खेललाई रोमाञ्चक बनाएका थिए । हाइस्कोरिङ खेलको फाइनल त्यहि स्कोरमा अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति