विश्वकप फुटबल : उपाधिका लागि अाज क्रोएसिया र फ्रान्स प्रतिस्पर्धा गर्दै , के होला फाइनलमा ?

 २१ औं संस्करणको फिफा विश्वकप फुटबल यसअघिका विश्वकप भन्दा अलिक पृथक हुन पुग्यो । विभिन्न विश्लेषक तथा फुटबलका पारखीहरुलाई आश्चर्यचकित बनाउँदै क्रोएसिया र फ्रान्स विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।  लुज्निकी रंगशालामा हुने फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

world-cup-final

ऐतिहासिक रुपमा फाइनलमा पुगेको क्रोएसिया पहिलोपटक विश्वकप जित्ने योजनामा हुनेछ । ग्रुप अफ डेथ समुहबाट माथि उठेको क्रोएसियाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै फाइनल सम्मको यात्रा तय गर्न सफल भएको थियो । त्यसैले फाइनलमा पनि क्रोएसियाले फ्रान्सलाई पराजित गर्न सक्ने क्षमता राख्दछ ।

क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३ औं राष्ट्र हो भने युरोपबाट १० औं राष्ट्र हो । अहिलेसम्म फाइनल पुगेका मध्ये ८ टोलीले मात्रै उपाधि जित्न सफल भएका छन् । क्रोएसिया च्याम्पियन बने विश्वकप जित्ने नवौ र विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । क्रोएसियाको यो ऐतिहासिक यात्रामा कप्तान लुका मोड्रिच, इभान राकिटिच, इभान पेरिसिच, मारियो म्यान्जुकिच र गोलरक्षक सुवासिच हतियार हुनेछ ।

यता, उपाधिको दावेदार मानिएको फ्रान्स क्रोएसियालाई पराजित गर्दै विश्वकपका दोस्रोपटक च्याम्पियन बन्ने योजनामा हुनेछ । फ्रान्सको उपाधि यात्रामा टिनेजर केलियन एमबाप्फे एन्टोइन ग्रिजम्यान, पल पोग्वा र ह्युगो लोरिस सारथी बन्नेछन् । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पलाई खेलाडी र म्यानेजरको हैसियतमा विश्वकप जित्ने महत्वपूर्ण अवसर आएको छ ।

फ्रान्सले उपाधि जितेमा डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्ने तेस्रो व्यक्ति बन्नेछन् । यसअघि ब्राजिलका मारियो जागोलो र जर्मनीका फ्रानज बेकेनवाअरले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्न सफल भएका थिए । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो । क्रोएसियाले इंग्ल्यान्डलाई हराएर फ्रान्ससंगको भेट पक्का गरेको थियो ।

दुई टोलीबीच हालसम्म पाँच खेलमा भेट भएको छ । १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई २– १ ले हराएको थियो । १९९९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्स ३–० ले विजयी हुदा २००० मा भएको मैत्रीपूर्णमा पनि फ्रान्सले २–० को जित निकालेको थियो ।

२००४ को युरोकपमा २–२ गोलको बराबरी खेल्दा २०११ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसैले यी दुई टिमबीचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र क्रोएसिया पुग्ने छन् भनेर कुनै पनि संस्था, विज्ञ, अनुसन्धानकर्ता तथा ज्योतिषीले भविष्यवाणी गरेका थिएनन् ।

 क्रोएसियाले फ्रान्सलाई पराजित गर्दै उपाधि उचाले इतिहास रच्नेछ । क्रोएसियालाई पराजित गर्दै विश्वकपको उपाधि जितेमा फ्रान्सले २० वर्षपछि विश्वकप आफ्नो देशमा भित्र्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र