२१ औं संस्करणको फिफा विश्वकप फुटबल यसअघिका विश्वकप भन्दा अलिक पृथक हुन पुग्यो । विभिन्न विश्लेषक तथा फुटबलका पारखीहरुलाई आश्चर्यचकित बनाउँदै क्रोएसिया र फ्रान्स विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । लुज्निकी रंगशालामा हुने फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

ऐतिहासिक रुपमा फाइनलमा पुगेको क्रोएसिया पहिलोपटक विश्वकप जित्ने योजनामा हुनेछ । ग्रुप अफ डेथ समुहबाट माथि उठेको क्रोएसियाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै फाइनल सम्मको यात्रा तय गर्न सफल भएको थियो । त्यसैले फाइनलमा पनि क्रोएसियाले फ्रान्सलाई पराजित गर्न सक्ने क्षमता राख्दछ ।
क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३ औं राष्ट्र हो भने युरोपबाट १० औं राष्ट्र हो । अहिलेसम्म फाइनल पुगेका मध्ये ८ टोलीले मात्रै उपाधि जित्न सफल भएका छन् । क्रोएसिया च्याम्पियन बने विश्वकप जित्ने नवौ र विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । क्रोएसियाको यो ऐतिहासिक यात्रामा कप्तान लुका मोड्रिच, इभान राकिटिच, इभान पेरिसिच, मारियो म्यान्जुकिच र गोलरक्षक सुवासिच हतियार हुनेछ ।
यता, उपाधिको दावेदार मानिएको फ्रान्स क्रोएसियालाई पराजित गर्दै विश्वकपका दोस्रोपटक च्याम्पियन बन्ने योजनामा हुनेछ । फ्रान्सको उपाधि यात्रामा टिनेजर केलियन एमबाप्फे एन्टोइन ग्रिजम्यान, पल पोग्वा र ह्युगो लोरिस सारथी बन्नेछन् । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पलाई खेलाडी र म्यानेजरको हैसियतमा विश्वकप जित्ने महत्वपूर्ण अवसर आएको छ ।
फ्रान्सले उपाधि जितेमा डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्ने तेस्रो व्यक्ति बन्नेछन् । यसअघि ब्राजिलका मारियो जागोलो र जर्मनीका फ्रानज बेकेनवाअरले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्न सफल भएका थिए । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो । क्रोएसियाले इंग्ल्यान्डलाई हराएर फ्रान्ससंगको भेट पक्का गरेको थियो ।
दुई टोलीबीच हालसम्म पाँच खेलमा भेट भएको छ । १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई २– १ ले हराएको थियो । १९९९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्स ३–० ले विजयी हुदा २००० मा भएको मैत्रीपूर्णमा पनि फ्रान्सले २–० को जित निकालेको थियो ।
२००४ को युरोकपमा २–२ गोलको बराबरी खेल्दा २०११ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसैले यी दुई टिमबीचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।
विश्वकप फुटबलको फाइनलमा फ्रान्स र क्रोएसिया पुग्ने छन् भनेर कुनै पनि संस्था, विज्ञ, अनुसन्धानकर्ता तथा ज्योतिषीले भविष्यवाणी गरेका थिएनन् ।
क्रोएसियाले फ्रान्सलाई पराजित गर्दै उपाधि उचाले इतिहास रच्नेछ । क्रोएसियालाई पराजित गर्दै विश्वकपको उपाधि जितेमा फ्रान्सले २० वर्षपछि विश्वकप आफ्नो देशमा भित्र्याउनेछ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति