पशुपालन र दूध उत्पादनका लागि कहलिएका जिल्लाहरुमा प्रशस्तै देखिने हिउँदे घाँस अम्रिसो (अम्लिसो) खेती काठमाडौंमा पनि शुरु गरिएको छ । यही वर्षायाममा करिव ४ सय रोपनी क्षेत्रमा अम्रिसो रोपिँदै छ ।

काठमाडौं जिल्ला वन कार्यालयको पहलमा उपत्यकाका पाखो र भिरालो जमिनमा अम्रिसो खेती शुरु गरिएको हो । काठमाडौंका शंखरापुर नगरपालिका–२ र ४ वडा (साविकका नाङ्लेभारे, लप्सीफेदी गाविस) मा करिव १ सय ५० रोपनीमा ७५ हजार गाना अम्रिसोका बिरुवा (गाना) रोपिएको छ ।
सो क्षेत्रका खम्बोडाँडा र कुसुम सामुदायिक वन समूहले पनि ५ हजार गाना बिरुवा रोपेका छन् । शंखरापुरमा अम्रिसो रोपिएको ९० प्रतिशतभन्दा बढी क्षेत्र व्यक्तिको नाममा दर्ता भएको तर प्रयोगविहीन बाँझो जमिन हो, बाँकी पर्ती जग्गा हो ।
केही दिनभित्रैमा थानकोट, नागढुंगा र धादिङतर्फ करिब २ सय रोपनी क्षेत्रमा अम्रिसो रोप्ने तयारी गरिएको काठमाडौंका जिल्ला वन अधिकृत रामबाबु पौडेलले जानकारी दिए । आजको नेपाल समाचारत्रमा समाचार छापिएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर