July 15, 2018

विश्वकपमा बेल्जियमलाई ऐतिहासिक सफलता, इंग्ल्याण्ड २–० ले पराजित

असार ३१,विश्वकप फुटबलमा बेल्जियम पहिलो पटक तेश्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार इंग्ल्याण्डलाई २–० गोलले पराजित गर्दै विश्वकप फुटबलमा बेल्जियमले अहिले सम्मकै ठूलो सफलता हात पारेको हो ।

पहिलो पटक सन् १९८६ मा सेमिफाइनलमा पुगेको बेल्जियम पराजित भएको थियो ।

बेल्जियमलाई ऐतिहासिक सफलता दिलाउन कप्तान इडेन हजार्ड र थोमस म्युनिरले गोल गरे । खेलको चौथो मिनेटमा गोल गर्दै म्युनिरले अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा हजार्डले अर्को गोल थप्दै बेल्जियमको जित सुनिश्चत गरेका हुन् ।

सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित भएपछि बेल्जियमको उपाधि यात्रा टुङ्गिएको थियो । इंग्ल्याण्ड क्रोएसियासँग पराजित भएको थियो । इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले भने पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

इंग्ल्याण्ड र बेल्जियम समूह चरणमा एउटै समूहमा थिए । समूह चरणको अन्तिम खेलमा पनि बेल्जियमले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको थियो ।

यस्तै इङल्याण्डका कप्तान ह्यारी केन भने गोल्टेन बुटको नजिक पुगेका छन् । उनको नजिक रहेका रोमेलु लुकाकुले गोल गर्न सकेनन् । केनको ६ र लुकाकुको ४ गोल रहेको छ । अब फ्रान्सका ग्रिजम्यान र एम्बाप्पेको समान तीन गोल छ । उनीहरूले आइतबारको फाइनलमा चमत्कार गरे मात्रै केनलाई भेट्न सक्ने छन् । जुन न्युन छ ।

सन् १९६६ मा उपाधि जित्नुबाहेक इंग्ल्याण्डले सबैभन्दा राम्रो प्रदर्शन गरेको विश्वकप भनेको सन् १९९० मा हो। त्यतिबेला इंग्ल्याण्ड चौथो स्थानमा आएको थियो।

फाइनलमा पुगेका फ्रान्स र क्रोयसिया भने आइतबार उपाधीका लागि भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत