म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए ।
नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि जुनी कालाफाटलाई पठाउने भएको छ । उनले नेयमारका बाबुसँग कुराकानी गर्ने बताइएको छ । रियलका अन्तर्राष्ट्रिय फुटबल विभागका प्रमुख कालाफाटले आउदो सिजन क्लबमा भित्राउन नेयमार र उनका बाबुलाई मनाउन सक्ने अनुमान गरिएको छ ।
ब्राजिलियन नेयमारको पिएसजीमा सन् २०२२ सम्मको सम्झौता रहेको छ । फ्रान्सेली क्लब पिएसजीका अध्यक्ष नासेर अल खालिफाले नेयमार विक्रीका लागि नरहेको बताएका थिए । रियल नेयमारलाई भित्राउन सफल हुने विश्वास लिएको छ ।
नेयमारका बाबु रियलमा सरुवा गराउनेमा यसअघि नै सकारात्मक रहकोले पनि उनीमाथि सम्झौताका लागि दबाब बन्न सक्ने विश्वास गरिएको छ । पिएसजीमा नेयमारका लागि रिलिज क्लज नभएकाले पनि सरुवा सम्भव हुने कतिपयको विश्वास छ । नेयमार २ सय २२ मिलियन युरामा पिएसजी सरुवा भएका थिए ।
नेयमारले अहिले पनि क्लब छाड्ने कुनै संकेत नगरेका कम्तीमा उनी अर्को सिजन रहने पिएसजीको विश्वास छ । यद्दपी उनलाई भित्राउन रियलले दबाब बनाउने लगभग निश्चित छ । रियल नेयमार सम्भव नभए विकल्पमा चेल्सीका इडेन हाजार्डलाई भित्राउने मनसायमा रहेको बताइएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र