रियल म्याड्रिडको नेयमार भित्राउने प्रयास !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए ।

नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि जुनी कालाफाटलाई पठाउने भएको छ । उनले नेयमारका बाबुसँग कुराकानी गर्ने बताइएको छ । रियलका अन्तर्राष्ट्रिय फुटबल विभागका प्रमुख कालाफाटले आउदो सिजन क्लबमा भित्राउन नेयमार र उनका बाबुलाई मनाउन सक्ने अनुमान गरिएको छ ।

ब्राजिलियन नेयमारको पिएसजीमा सन् २०२२ सम्मको सम्झौता रहेको छ । फ्रान्सेली क्लब पिएसजीका अध्यक्ष नासेर अल खालिफाले नेयमार विक्रीका लागि नरहेको बताएका थिए । रियल नेयमारलाई भित्राउन सफल हुने विश्वास लिएको छ ।

नेयमारका बाबु रियलमा सरुवा गराउनेमा यसअघि नै सकारात्मक रहकोले पनि उनीमाथि सम्झौताका लागि दबाब बन्न सक्ने विश्वास गरिएको छ । पिएसजीमा नेयमारका लागि रिलिज क्लज नभएकाले पनि सरुवा सम्भव हुने कतिपयको विश्वास छ । नेयमार २ सय २२ मिलियन युरामा पिएसजी सरुवा भएका थिए ।

नेयमारले अहिले पनि क्लब छाड्ने कुनै संकेत नगरेका कम्तीमा उनी अर्को सिजन रहने पिएसजीको विश्वास छ । यद्दपी उनलाई भित्राउन रियलले दबाब बनाउने लगभग निश्चित छ । रियल नेयमार सम्भव नभए विकल्पमा चेल्सीका इडेन हाजार्डलाई भित्राउने मनसायमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति