यसकारण उर्लियो भक्तपुरमा हनुमन्ते !

काठमाडौं – बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो । पछि जग्गा प्लटिङ गर्ने भूमाफिया प्रवेश गरे ।

जग्गाको मूल्य रातारात बढ्न पुग्यो । स्थानीयले आफ्नो जग्गाको साँध खोलाको बगरसम्म पु(याएर महँगोमा बेचे । खरिद गर्नेले साँध अझ धकेलेर खोलामै पु(याएर पर्खालसमेत लगाए । स्थानीय निकाय, प्रशासन र नापीसमेत मूकदर्शक बनेको वेला भूमाफियाले साँघुरो खोलालाई पनि माफ गरेनन् । यस्तो समूहले स्काभेटर चलाएर ०७२ सालमा एकै रातमा खोलाको धार नै उल्टाइदियो ।

यही विषयलाई लिएर मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट सिमानाका स्थानीयबीच झडप नै भयो । खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको एउटा डोजर र एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, यसको दीर्घकालीन समाधान खोजिएन । वर्षामा पानी बढ्दा खोलालाई बहाव पुग्दैन । जसले खोला मिचेका छन् तिनको मात्र होइन, आमसर्वसाधारणको घर पनि डुबाउँछ । तर, यसको समाधान कसरी गर्ने रु सरकारसँग पनि कुनै नीति छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक