काठमाडौं – बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो । पछि जग्गा प्लटिङ गर्ने भूमाफिया प्रवेश गरे ।
जग्गाको मूल्य रातारात बढ्न पुग्यो । स्थानीयले आफ्नो जग्गाको साँध खोलाको बगरसम्म पु(याएर महँगोमा बेचे । खरिद गर्नेले साँध अझ धकेलेर खोलामै पु(याएर पर्खालसमेत लगाए । स्थानीय निकाय, प्रशासन र नापीसमेत मूकदर्शक बनेको वेला भूमाफियाले साँघुरो खोलालाई पनि माफ गरेनन् । यस्तो समूहले स्काभेटर चलाएर ०७२ सालमा एकै रातमा खोलाको धार नै उल्टाइदियो ।
यही विषयलाई लिएर मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट सिमानाका स्थानीयबीच झडप नै भयो । खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको एउटा डोजर र एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, यसको दीर्घकालीन समाधान खोजिएन । वर्षामा पानी बढ्दा खोलालाई बहाव पुग्दैन । जसले खोला मिचेका छन् तिनको मात्र होइन, आमसर्वसाधारणको घर पनि डुबाउँछ । तर, यसको समाधान कसरी गर्ने रु सरकारसँग पनि कुनै नीति छैन ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज