July 12, 2018

विश्वकप फुटबलमा ईतिहास रच्दै क्रोएसिया पुग्यो फाईनलमा

 

विश्वकप फुटबलमा २८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान पक्का गर्न सफल भएको छ ।

क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो । क्रोएसिया विश्वकपको फाइनलमा भने पहिलोपटक पुगेको हो । क्रोएसियाले यसअघि विश्वकप जितेको बलियो टिम मानिने इंग्ल्यान्डको विश्वकप २०१८ को यात्रामा पूर्णविराम लगाउँदै आफ्नो यात्रा अगाडि बढाएको हो ।

क्रोएसियाका लागि खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल निर्णायक बनेको थियो । निर्धारित समयमा एक एक गोलको बराबरी खेल सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । पाँचौ मिनेटमा गोल खाएर पछि परेको क्रोएसियाका लागि इभान पेरिसिकले ६८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

इंग्ल्यान्डका लागि खेलको पाँचौ मिनेटमै किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका थिए । पेरिसिक खेलको म्यान अफ द म्याच बने। जारी विश्वकपको यो दोस्रो सेमिफाइनल हो । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै फाइनल यात्रा गरेको थियो । विश्वविजेता बन्न क्रोएसियाले फाइनलमा फ्रान्सलाई पराजित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति