बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा !

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स १-० ले विजयी हुँदै उपाधिनजिक पुगेको हो ।

फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।

त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए । उनले बेल्जियमका डिफेन्डर टोबी आल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई डाइभ गर्दै बचाएका थिए । कर्नरमा रिबाउन्डपछि आएको उक्त प्रहार नै बेल्जियमले गरेको डरलाग्दो प्रयास थियो ।

यता फ्रान्सले पनि आक्रामक रणनीति बुन्दै मौका लगातार अवसर सिर्जना गरिरहेको छ । यद्यपी फरवार्डहरुले डिफेन्सलाई पार गरेर गोलरक्षकलाई परिक्षण गर्न सकिरहेका छैनन् । ४४ औं मिनेटमा फ्रान्सले राम्रो स्थानमा फ्रिकिक पाएपनि फरवार्ड एन्टोइन ग्रिज्मनको प्रहार वालमा लाग्दै फर्कन पुग्यो ।

यस जितसँगै फ्रान्सले जुलाई १५ मा हुने विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ । फ्रान्सले अब दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकप उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र