विश्वकप फुटबल : आज सेमिफाईनल खेलमा फ्रान्स र बेल्जियम भिड्ने , लुकाकु र एमबाप्पे चम्केलान् ?

 रुसी विश्वकप फुटबलमा आज सेमिफाईनलको खेल सुरु हुदैछ । पहिलो सेमिफाईनलमा युरोपका दुई महारथी फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुदैछ ।  सेन्ट पिटरवर्गस्थित क्रिस्टोवस्की रंगशालमा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

1800346611embappe-and-lukaku

दुवै टोली समुह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका थिए । फ्रान्स समुह सी र बेल्जियम समुह जीको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । प्रतियोगितामा दुवै टोली अपराजित छन् ।

नकआउट चरणमा फ्रान्सले अर्जेन्टिना र बेल्जियमले जापानलाई पराजित गरेको थियो । क्वार्टरफाईनलमा फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई हराउदै अन्तिम ४ को यात्रा तय गरेका थिए ।

युवा खेलाडीले भरिएका दुवै टोलीमा युरोपेली क्लब फुटबलका उत्कृष्ट खेलाडीको समिश्रण छ । फ्रान्समा एन्टोनी ग्रिजम्यान, केलियन एम्बाप्पे, पाउल पोग्बा जस्ता खेलाडी रहेका छन् भने बेल्जियममा इडेन हजार्ड, रोमेलु लुकाकु र केभिन डि ब्रोयन जस्ता खेलाडी समावेश छन् ।

यसअघि, फ्रान्सले तीन ठुलो प्रतियोगितामा बेल्जियमलाई हराएको छ । जसमा दुई पटक विश्वकप खेलमा रहेको छ । फ्रान्सले १९३८ मा विश्वकपको पहिलो चरणमा बेलिजयमलाई ३–१ ले हराएको थियो ।

सन् १९८६ मा तेस्रो स्थानकालागि भएको प्लेअफमा फ्रान्सले अतिरिक्त समयमा ४–२ को जित निकालेको थियो । सन् १९८४ को युरोकपको समुह चरणमा फ्रान्सले बेल्जियमलाई ५–० ले पाखा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र