रुसी विश्वकप फुटबलमा आज सेमिफाईनलको खेल सुरु हुदैछ । पहिलो सेमिफाईनलमा युरोपका दुई महारथी फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुदैछ । सेन्ट पिटरवर्गस्थित क्रिस्टोवस्की रंगशालमा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

दुवै टोली समुह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका थिए । फ्रान्स समुह सी र बेल्जियम समुह जीको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । प्रतियोगितामा दुवै टोली अपराजित छन् ।
नकआउट चरणमा फ्रान्सले अर्जेन्टिना र बेल्जियमले जापानलाई पराजित गरेको थियो । क्वार्टरफाईनलमा फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई हराउदै अन्तिम ४ को यात्रा तय गरेका थिए ।
युवा खेलाडीले भरिएका दुवै टोलीमा युरोपेली क्लब फुटबलका उत्कृष्ट खेलाडीको समिश्रण छ । फ्रान्समा एन्टोनी ग्रिजम्यान, केलियन एम्बाप्पे, पाउल पोग्बा जस्ता खेलाडी रहेका छन् भने बेल्जियममा इडेन हजार्ड, रोमेलु लुकाकु र केभिन डि ब्रोयन जस्ता खेलाडी समावेश छन् ।
यसअघि, फ्रान्सले तीन ठुलो प्रतियोगितामा बेल्जियमलाई हराएको छ । जसमा दुई पटक विश्वकप खेलमा रहेको छ । फ्रान्सले १९३८ मा विश्वकपको पहिलो चरणमा बेलिजयमलाई ३–१ ले हराएको थियो ।
सन् १९८६ मा तेस्रो स्थानकालागि भएको प्लेअफमा फ्रान्सले अतिरिक्त समयमा ४–२ को जित निकालेको थियो । सन् १९८४ को युरोकपको समुह चरणमा फ्रान्सले बेल्जियमलाई ५–० ले पाखा लगाएको थियो ।
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत