क्रिकेटर सन्दीपको क्यानाडामा उत्कृष्ट प्रदर्शन , ४ खेलमा लिए ५ विकेट !

नेपाली क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा पनि सफल भएका छन् । मोन्ट्रियल टाइगर्समा आबद्ध सन्दीपले क्यानेडियन लिगमा ४ खेलबाट ५ विकेट लिएका छन् ।

sandeep

सन्दीपले आफूले खेलेका सबै ४ खेलमा विकेट लिँदै ५ विकेट लिएका हुन् । मोन्ट्रियल टाइगर्सको अन्तिम खेलमा सन्दीपले २ विकेट लिन सफल भए । यद्यपि टाइगर्स टोरोन्टो नेशनल्ससँग १ विकेटले पराजित भयो ।

सन्दीपले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए । यसअघि सन्दीपले आफ्नो पहिलो खेलमा विन्डिज बिसँग बाहेक बाँकी दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले विन्डिज बि विरुद्ध ४ ओभर बलिङ गर्दै ५७ रन खर्चेर १ विकेट लिएका थिए । यो खेलमा मोन्ट्रियल टाइगर्सका सबैभन्दा महँगा बलर सन्दीप सावित भएका थिए ।

सन्दीपले आफ्नो दोस्रो खेलमा भान्कौभर नाइट्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । यो खेलमा सन्दीपले मेडन ओभर बलिङ गरेका थिए । यद्यपि सन्दीपको टिम टाइगर्स नाइट्ससँग १८ रनले पराजित भएको थियो ।

सन्दीपले आफ्नो तेस्रो खेलमा झनै निखारिएको प्रदर्शन गरे । उनले इडमोन्टोन रोयल्सविरुद्ध ४ ओभर बलिङ गर्दै १ ओभर मेडन राख्दै मात्र १६ रन खर्चेर १ विकेट लिए । यो खेलमा भने सन्दीपको टाइगर्स टिमले रोयल्सलाई १५ रनले पराजित गरेको थियो । मोन्ट्रियल टाइगर्सको ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा यो मात्रै एक जित हो । टाइगर्सले ४ खेलमा पराजय भोगेको छ ।

सन्दीप मोन्ट्रियल टाइगर्सको मेडन ओभर फाल्ने खेलाडी पनि हुन् । जारी ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा मोन्ट्रियल टाइगर्सका सन्दीप बाहेक कुनै पनि खेलाडीले मेडन ओभर बलिङ गर्न सकेनन् । सन्दीपले भने २ ओभर मेडन फालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र