क्रिकेटर सन्दीपको क्यानाडामा उत्कृष्ट प्रदर्शन , ४ खेलमा लिए ५ विकेट !

नेपाली क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा पनि सफल भएका छन् । मोन्ट्रियल टाइगर्समा आबद्ध सन्दीपले क्यानेडियन लिगमा ४ खेलबाट ५ विकेट लिएका छन् ।

sandeep

सन्दीपले आफूले खेलेका सबै ४ खेलमा विकेट लिँदै ५ विकेट लिएका हुन् । मोन्ट्रियल टाइगर्सको अन्तिम खेलमा सन्दीपले २ विकेट लिन सफल भए । यद्यपि टाइगर्स टोरोन्टो नेशनल्ससँग १ विकेटले पराजित भयो ।

सन्दीपले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए । यसअघि सन्दीपले आफ्नो पहिलो खेलमा विन्डिज बिसँग बाहेक बाँकी दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले विन्डिज बि विरुद्ध ४ ओभर बलिङ गर्दै ५७ रन खर्चेर १ विकेट लिएका थिए । यो खेलमा मोन्ट्रियल टाइगर्सका सबैभन्दा महँगा बलर सन्दीप सावित भएका थिए ।

सन्दीपले आफ्नो दोस्रो खेलमा भान्कौभर नाइट्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । यो खेलमा सन्दीपले मेडन ओभर बलिङ गरेका थिए । यद्यपि सन्दीपको टिम टाइगर्स नाइट्ससँग १८ रनले पराजित भएको थियो ।

सन्दीपले आफ्नो तेस्रो खेलमा झनै निखारिएको प्रदर्शन गरे । उनले इडमोन्टोन रोयल्सविरुद्ध ४ ओभर बलिङ गर्दै १ ओभर मेडन राख्दै मात्र १६ रन खर्चेर १ विकेट लिए । यो खेलमा भने सन्दीपको टाइगर्स टिमले रोयल्सलाई १५ रनले पराजित गरेको थियो । मोन्ट्रियल टाइगर्सको ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा यो मात्रै एक जित हो । टाइगर्सले ४ खेलमा पराजय भोगेको छ ।

सन्दीप मोन्ट्रियल टाइगर्सको मेडन ओभर फाल्ने खेलाडी पनि हुन् । जारी ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा मोन्ट्रियल टाइगर्सका सन्दीप बाहेक कुनै पनि खेलाडीले मेडन ओभर बलिङ गर्न सकेनन् । सन्दीपले भने २ ओभर मेडन फालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति