टाइब्रेकरमा क्रोएसियाको जित, रसिया बाहरियो !

सोचीे (एजेन्सी)– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका लागि थप समयमा बराबरी गोल गर्ने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक बन्यो ।

 

क्रोएसियाका गोलकिपर डानिजे सुवासिचले रसियाका फेडोर स्मोलोभको पेनाल्टी रोकेका थिए । क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिकले पहिलो पेनाल्टीमा गोल गरे भने माटेउ कोभासिसको पेनाल्टी रसियाका गोलकिपर इगोलर अकिनफिभले रोके ।

रसियाका लागि दोस्रो पेनाल्टी हानेका एलान डजागोभले गोल गरे । तर फर्नान्डेजको प्रहार पोस्ट नजिकबाट बाहिरिएपछि रसिया पछि परेको थियो । क्रोएसियाका लागि तेस्रोमा लुका मोड्रिच र चौथोमा डोमागोज भिडाले गोल गरे ।

उता रसियाका चौथोमा सेरेगेइ इगानसेभिचले र डालेन कुजेयभले गोल गर्दा खेल टाइब्रेकर ३–३ को बराबरीमा थियो । अन्तमा क्रोएसियसाका इभान राकिटिकले गोल गर्दै टोलीलाई जित दिलाए ।

यो सँगै रसिया विश्व कपको समिकरण पुरा भएको छ । क्रोएसियाले अब इङ्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ । यसअघि भएको सेमिफाइनलमा स्विडेनलाई २–० ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । फ्रान्स र बेल्जियम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप ३० मिनेटमा दुवै टोलीले समान १ गोल थपेपछि अब खेल निर्णाणका लागि टाइब्रकेरमा गएको छ । दुवै टोलीले खेलमा एक एक पटक अग्रता लिएपनि जोगाउन सकेनन् । डोमागोज भिडाले थप समयको ११ औं मिनेटमा कर्नरमा आएको बलमा हेड गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

तर थप समयकै २५ औं मिनेटमा मारियो फर्नान्डेजले हेडमार्फत बराबरी गोल फर्काएका थिए । फ्रिकिकमा आएको बललाई फर्नान्डेजले हेडमा गोल गरेका थिए । क्रोएसिया र रसियाबीच निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएको थियो । खेलमा अग्रता आयोजक रसियाले लिएको थियो ।

डेनिस सिरेसेभले ३१ औं मिनेटमा गोल गर्दै आयोजकलाई अप्रत्यासित अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्सको बाहिरबाट विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ आकर्षक गोल गरेका थिए । तर, रसियाले त्यो अग्रता लामो समय टिकाउन सकेन ।

३९ औं मिनेटमा आन्द्रेज क्रामारिकले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । क्रसमा आएको बललाई क्रामारिकले हेडमार्फत गोल गरेका थिए । क्रोएसिया र रसिया दुवै टोली टाइब्रेकरमा विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका थिए । रसियाले पूर्व विजेता स्पेनलाई ४–३ र क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको थियो । रसिया र क्रोएसिया दुवै टोली प्रिक्वार्टरफाइनलमा टाइब्रेकरमा विजयी हुँदै अघि बढेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र