July 7, 2018

फ्रान्स र बेल्जियम उरुग्वे र ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा !

असार २३ काठमाडौं । शुक्रबार राति अबेर भएका दुई खेलमा दुई दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र ब्राजिललाई फ्रान्स र बेल्जियमले पराजित गरेसँगै अब विश्वकपमा युरोपेली राष्ट्रहरुमात्र बाँकी भएको छ। त्यसैले अब यो युरोकप जस्तै बन्न पुगेको छ। अफ्रिकाको प्रतिनिधित्व समूह चरणमै सकिएको थियो। अन्तिम १६ सम्ममा एसियाको प्रतिनिधित्व जापानले गरेको थियो। तर बेल्जियमसित २-० को अग्रता लिँदालिँदै पनि जापान ३-२ ले पराजि भयो र बाहिरियो। क्वार्टरफाइनलमा यी दुई राष्ट्र हारेपछि अरु महादेशको चुनौति सकियो। 

ब्राजिल र उरुग्वे हारेसँगै अब विश्वकपमा दुई वटा मात्र पूर्व विश्वविजेता बाँकी रहेको छ। त्यसमध्ये एउटा ब्राकेटबाट फ्रान्स सेमिफाइनलमा पुगेको छ भने अर्कोबाट इंग्ल्यान्डले भोलि शनिबार स्विडेनसित खेल्दैछ।

असार २६ गते मंगलबार हुने पहिलो सेमिफाइनलमा खेल्ने टिमको पनि टुङ्गो लागिसकेको छ- फ्रान्स र बेल्जियम।

नेपालमा सबभन्दा धेरै फ्यान अर्जेन्टिना र ब्राजिलको छ। यी दुईका फ्यानबीच पनि रमाइलो प्रतिद्वन्द्विता देख्न सकिन्छ। अर्जेन्टिना झण्डै समूह चरणबाट आउट हुँदाहुँदै पनि बचेर अन्तिम १६ मा फ्रान्ससित पराजित भयो। झण्डै आधा नेपाली फ्यानका लागि विश्वकप सकियो।

बाँकी थिए ब्राजिलका फ्यान। उनीहरुको चुरीफुरी सामाजिक सञ्जालहरुमा हेर्न लायक थियो। तर उपाधिको दावेदार मानिएको ब्राजिल पनि बेल्जियमबाट २-१ ले पराजित भएपछि नेपालका अर्को आधा फ्यानहरुका लागि पनि विश्वकप सकियो। अर्जेन्टिना हारिसके पनि अर्जेन्टिनी फ्यानहरुले ब्राजिल हार्दा जितेजस्तो गरेर रमाइलो गरेको पनि देखियो।

अब नेपालमा केही पुराना फ्यान फ्रान्स र इंग्ल्यान्डका छन्। यी दुई फाइनलमा पुग्ने सम्भावना पनि छ। तर फ्रान्सले बेल्जियमसित सेमिफाइनलमा खेल्नुपर्नेछ भने इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विडेनको सामना गरेर जितेमा रसिया वा क्रोएसियाका विजेतासित सेमिफाइनलमा खेल्नुपर्नेछ।

 अनुमान गर्न सकिन्छ कि क्वार्टरफाइनलको अनुमानमध्ये उरुग्वेले जित्ने अनुमानले फेल खाएको छ भने बेल्जियमले जित्ने अनुमान सही भएको छ। अब भोलिका खेलमा रसिया र इंग्ल्यान्डको विजय तिर जान्छ होला भन्ने अनुमान  गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक