विश्वकप फुटबल : आजबाट क्वाटरफाइनलका खेल सुरु , नेयमारलाई रोक्न सक्लान् त लुकाकुले ?

 रसियामा जारी विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा साँझ पौने ८ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ । दोश्रो खेलमा राति पौने १२ बजे ब्राजिलले बेल्जियमको सामना गर्नेछ ।

420430388Neyamar-and-lukaku--(1)

रसिया जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा आज राति ब्राजिल र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । ब्राजिल र बेल्जियमबीचको खेल रसियाको कजान एरिनामा नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा हुँदैछ ।

यसअघि प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिको र बेल्जियमले जापानलाई पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

विश्वकपमा अहिलेसम्म सन् १९८६ मा एक पटक मात्रै सेमिफाइनल पुगेको बेल्जियम ५ पटकको विश्वकप विजेता ब्राजिलको सामना गर्दैछ । १६ वर्षपछि ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन् ।

यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको विश्वकपको प्रि–क्वाटरफाइनलमा भेट भएको थियो । जहाँ ब्राजिलले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको थियो । रसिया विश्वपकमा बेल्जियम आफ्नो पुरानो हारको बदला लिने रणनीतिमा देखिन्छ ।   

ब्राजिलका लागि विश्वका महंगा खेलाडी नेयमार मुख्य भूमिकामा रहनेछन् भने फिलिपे कौन्टिहो, पाउलिन्हो र मार्सेलो लगायतका खेलाडी पहिलो रोजाइका हुन् । त्यस्तै, बेल्जियमका चर्चित खेलाडी रोमेलु लुकाकु, इडन हजार्ड र मारौने फेल्लौनी लगायतका खेलाडी पहिलो रोजाइका हुन् ।

समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने कोष्टारिकामाथि २–० गोलको जित निकालेको ब्राजिलले समूह चरणको अन्तिम खेलमा सर्बियालाई पनि २–० गोलले पराजित गरेको थियो । ब्राजिलको जितमा, नेयमार, फिलिपे कौटिन्हो, थिएगो सिल्भा नायक बन्दै आएका छन् ।

बेल्जियम भने समूह चरणको सबै खेलमा जित हात पारेको छ । पहिलो खेलमा पानामालाई ३–० गोलले, दोस्रो खेलमा ट््युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको थियो । बेल्जियमको जितमा रोमेलु लुकाकु, इडन हर्जाडको मुख्य भूमिका रहदै आएको छ । 

हेड टु हेड
 

ब्राजिल र बेल्जियमबीच अहिलेसम्म ४ खेलमा भेट भएको छ । जसमध्ये ३ खेल ब्राजिलले जितेको छ भने १ खेल बेल्जियमले जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो