रसियामा जारी विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा साँझ पौने ८ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ । दोश्रो खेलमा राति पौने १२ बजे ब्राजिलले बेल्जियमको सामना गर्नेछ ।

रसिया जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा आज राति ब्राजिल र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । ब्राजिल र बेल्जियमबीचको खेल रसियाको कजान एरिनामा नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा हुँदैछ ।
यसअघि प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिको र बेल्जियमले जापानलाई पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
विश्वकपमा अहिलेसम्म सन् १९८६ मा एक पटक मात्रै सेमिफाइनल पुगेको बेल्जियम ५ पटकको विश्वकप विजेता ब्राजिलको सामना गर्दैछ । १६ वर्षपछि ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन् ।
यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको विश्वकपको प्रि–क्वाटरफाइनलमा भेट भएको थियो । जहाँ ब्राजिलले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको थियो । रसिया विश्वपकमा बेल्जियम आफ्नो पुरानो हारको बदला लिने रणनीतिमा देखिन्छ ।
ब्राजिलका लागि विश्वका महंगा खेलाडी नेयमार मुख्य भूमिकामा रहनेछन् भने फिलिपे कौन्टिहो, पाउलिन्हो र मार्सेलो लगायतका खेलाडी पहिलो रोजाइका हुन् । त्यस्तै, बेल्जियमका चर्चित खेलाडी रोमेलु लुकाकु, इडन हजार्ड र मारौने फेल्लौनी लगायतका खेलाडी पहिलो रोजाइका हुन् ।
समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने कोष्टारिकामाथि २–० गोलको जित निकालेको ब्राजिलले समूह चरणको अन्तिम खेलमा सर्बियालाई पनि २–० गोलले पराजित गरेको थियो । ब्राजिलको जितमा, नेयमार, फिलिपे कौटिन्हो, थिएगो सिल्भा नायक बन्दै आएका छन् ।
बेल्जियम भने समूह चरणको सबै खेलमा जित हात पारेको छ । पहिलो खेलमा पानामालाई ३–० गोलले, दोस्रो खेलमा ट््युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको थियो । बेल्जियमको जितमा रोमेलु लुकाकु, इडन हर्जाडको मुख्य भूमिका रहदै आएको छ ।
हेड टु हेड
ब्राजिल र बेल्जियमबीच अहिलेसम्म ४ खेलमा भेट भएको छ । जसमध्ये ३ खेल ब्राजिलले जितेको छ भने १ खेल बेल्जियमले जितेको छ ।
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत