स्पार्टाक (एजेन्सी) – इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो । टाइब्रकेरको नायक रहे इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड । त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए । कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पेनाल्टीमा गोल गरे ।
दोस्रोमा कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कुस रासफोर्डले गोल गर्दा खेल टाइब्रकेरमा २–२ को बराबरी भएको थियो । तेस्रोमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोके ।
कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार पोस्टमा लाग्यो । इंग्ल्यान्डका केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए । कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके । इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो ।
त्यसअघि इन्जुरी समयको तेस्रो मिनेटमा येरी मिनाले हेडमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । कर्नरबाट आएको बलमा मिनाले हेडमार्फत गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए । त्यसअघि कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो ।
केनले ५७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । कार्लोस सान्चेजले आफुलाई पेनाल्टी बक्स भित्र फाउल हानेपछि प्राप्त पेनाल्टीमा केनले विना कुनै गल्ति गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यो गोलसँगै केनले उच्चकर्ताको अन्तरलाई फराकिलो बनाएका छन् । जारी विश्व कपमा उनको गोल संख्या ६ पुगेको छ ।
यो खेलको विजेताले अब सेमिफाइनल प्रवेशका लागि स्विडेनको सामना गर्नेछ । यो खेलको समाप्तीसँग विश्व कप क्वार्टरफाइनलको समिकरण पुरा हुनेछ । यसअघि नै उरुग्वे, फ्रान्स, रसिया, क्रोएसिया, ब्राजिल, बेल्जियम र स्विडेन अन्तिम आठमा पुगेको थियो ।
क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्स, रसिया र क्रोएसिया, ब्राजिल र बेल्जियम तथा इंग्ल्यान्ड र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड २ खेल जित्दै र १ खेल गुमाउंदै समूह ‘जी’ को उपविजेताको रुपमा प्रि क्वार्टरफाइनलमा छनोट भएको थियो । अर्कोतर्फ कोलम्बियाले पनि २ खेलमा जित र १ मा हारसहित समूह ‘एच’ को विजेता बनेको थियो ।
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत