चम्किए नेईमार, अव ब्राजिल र बेल्जियमको प्रतिस्पर्धा

prtpnbtqkacoxl1g2fog_Onmfdk8uYV

उनले पहिलो हाफ गोलरहित रहेको अवस्थामा ब्राजिलका लागि गोल गरेर अग्रता दिलाएका थिए । नेइमार खेलको म्यान अफ द म्याच बनेका थिए । जारी विश्वकपमा नेइमारले दोस्रो गोल गरेका हुन्। खेलको ८८औँ मिनेटमा नेइमारको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान छिरेका रोबर्ट फिरिमिनोका लागि उत्कृष्ट पास उपलब्ध गराए ।

रोबर्टले नेइमारको पासलाई गोलमा परिणत गरेका थिए। केही अवसर सिर्जना गरेपनि डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समूहचरणमा पराजित गरेर नकआउट चरणमा पुगेको मेक्सिकोले गोल गर्न सकेन । यो पराजयसँगै मेक्सिकोको विश्वकप २०१८ को यात्रा टुंगिएको छ ।
यसैबिच विश्वकप नकआउट चरणमा बलियो मानिएको बेल्जियमले एसियाली प्रतियोगी जापानविरुद्ध कठिन जीत निकालेको छ । बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुर्पयो ।

खेल एक समयमा जापानले २(० गोलले बेल्जियमसँग अग्रता बनाएको थियो। जापानका लागि सुरुमै दुई गोल गर्ने क्रममा गेनकी हारागुचीले ४८औँ र टाकासी इनुले ५१औँ मिनेटमा दोस्रो गोल प्रहार गरेर खेलमा दुई शुन्नाको अग्रता कायम गरेका थिए। तीन मिनेटभित्र दुई गोल खाएको बेल्जिमले खेलमा फर्कन कठिन संघर्ष गर्नुर्पयो

बेल्जियमका लागि जन भेर्टङ्गनले ६९औँ मिनेटमा गोल गरे। त्यसपछि मारोउने फिलाइनीले ७४ औँ मिनेटमा गोल गरेर जापानसँग बराबरी गरे। खेलमा विजयी गोल गर्नुपहिले बेल्जियमले जापानका केही उत्कृष्ट प्रहारको सामना गर्नुर्पयो र उसका केही राम्रा प्रहार जापानका गोलकिपरले विफल बनाइदिए । निर्धारित ९० मिनेटमा बराबरीमा सकिएको खेलमा चार मिनेट अतिरिक्त समय थपिएको थियो। जसको चौथो मिनेटमा नासेर चडलीले विजयी गोल गरे। जापानको यो पराजयसँगै विश्वकप यात्रा टुंगिएको छ ।

जापान विश्वपकको इतिहासमा पहिलोपटक प्रयोगमा आएको फेयरप्ले निर्णयका आधारमा नकआउट चरणमा पुगेको थियो। समूहचरणमा सेनेगल र जापानको अंक र गोल बराबरी भएपछि खेलको निर्णय फेयरप्लेबाट लिइएको थियो। बेल्जियमले क्वाटरफाइनलमा अब ब्राजिलको सामना गर्नुपर्ने भएको छ । ब्राजिल र बेल्जियमको नकआउट चरण खेल असार २२ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक