July 2, 2018

स्पेन विरुद्ध जितेपछि रुसमा यसरी मनाइयो खुसियाली !

एजेन्सी । आइतबारको खेलमा स्पेन विरुद्ध जित हासिल गरेपछि आयोजक रुसले देशभर भव्य उत्सव मनाएको छ । १–१ को बराबरीपछि पेनाल्टि सुटआउटमा स्पेनलाई हराउँदै रुसले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गराएको हो । यस खेलपछि रुसमा विश्वकपको माहोल झन रोमाञ्चक मोडमा पुगेको नागरिकहरुको भनाइ छ ।

स्पेनमाथिको अप्रत्यासित जितपछि उल्लासमय बनेको माहोलमा रमाउँदै मानिसहरु बीच सडकमै गाडीमाथि उभिएर नाच्न थालेका थिए र रेलवे स्टेसनमा पनि जताततै रुसको झन्डा देखिएको संचार माध्यम डेलीमेलले जनाएको छ । सडकका गल्ली गल्लीमा उत्साहपूर्वक जित मनाएका फ्यानहरुले रातैभरी रमाइलो गरेका छन् ।

उता सो नतिजाले अहिले राष्ट्रपति पुटिनलाई पनि उत्तिकै खुसी दिलाएको छ किनकी उनले यसअघि नै फाइनलमा उपस्थित हुँदा आफ्ना खेलाडी पनि मैदानमा देख्न चाहेको उल्लेख गरेका थिए । त्यसैगरी खेलमा स्पेनतर्फको बल रोकेर ऐतिहासिक जित दिलाएका रुसका गोलकिपर इगोर अकिनफिभले म्यान अफ द म्याचको शिर्षक पाएका छन् । पेनाल्टिका क्रममा उनले दुईपटक स्पेनको प्रहार रोक्न सफल भएका थिए ।

Image result for russia celebration after winning against spain

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो