एजेन्सी । आइतबारको खेलमा स्पेन विरुद्ध जित हासिल गरेपछि आयोजक रुसले देशभर भव्य उत्सव मनाएको छ । १–१ को बराबरीपछि पेनाल्टि सुटआउटमा स्पेनलाई हराउँदै रुसले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गराएको हो । यस खेलपछि रुसमा विश्वकपको माहोल झन रोमाञ्चक मोडमा पुगेको नागरिकहरुको भनाइ छ ।
स्पेनमाथिको अप्रत्यासित जितपछि उल्लासमय बनेको माहोलमा रमाउँदै मानिसहरु बीच सडकमै गाडीमाथि उभिएर नाच्न थालेका थिए र रेलवे स्टेसनमा पनि जताततै रुसको झन्डा देखिएको संचार माध्यम डेलीमेलले जनाएको छ । सडकका गल्ली गल्लीमा उत्साहपूर्वक जित मनाएका फ्यानहरुले रातैभरी रमाइलो गरेका छन् ।
उता सो नतिजाले अहिले राष्ट्रपति पुटिनलाई पनि उत्तिकै खुसी दिलाएको छ किनकी उनले यसअघि नै फाइनलमा उपस्थित हुँदा आफ्ना खेलाडी पनि मैदानमा देख्न चाहेको उल्लेख गरेका थिए । त्यसैगरी खेलमा स्पेनतर्फको बल रोकेर ऐतिहासिक जित दिलाएका रुसका गोलकिपर इगोर अकिनफिभले म्यान अफ द म्याचको शिर्षक पाएका छन् । पेनाल्टिका क्रममा उनले दुईपटक स्पेनको प्रहार रोक्न सफल भएका थिए ।





चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत