विश्वकप फुटबल : आजको खेलमा नेयमारलाई रोक्न सक्ला मेक्सिकोले ?

 

 जारी विश्वकप फुटबलमा ५ पटकको विश्वकप विजेता ब्राजिल प्रि—क्वाटरफाइनलमा सोमबार (आज) मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । समूह ई को विजेता ब्राजिल र समूह एफको उपविजेता मेक्सिको रसियाको समरा एरिनामा खल्दैछन् । खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा हुनेछ ।

1756925715Neymar

यसअघि समूह चरणका खेलमा दुवैले उतकृष्ट प्रदर्शन गर्दै प्रि—क्वाटरफाइनल पुगेका यी टोलीबीचको खेललाई विश्वकपमा महत्वपूर्ण मानिएको छ । तर, यसअघि शक्तिशाली मानिएका टिम जसले विश्वकपको ट्रफी उचाल्नसक्ने अनुमान गरिएको थियो जर्मनी, अर्जेन्टिना, पार्चुगल र स्पेन क्रमैसँग विश्वकपबाट बाहिरिएका छन् ।

यससँगै ब्राजिलको भविष्यका बारेमा टिकाटिप्पणी जारी छ । ब्राजिलका स्टार नेयमार लयमा आइसकेकाले पनि ब्राजिललाई रोक्न गाह्रो पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ पटकको विश्वकप उपाधि विजेता ब्राजिल र दुई पटको क्वाटरफाइनलसम्म पुगेको मेक्सिकोले आ—आफ्नो इतिहास बनाउने दाउमा हुनेछन् ।

विश्वकै सबैभन्दा महंगा खेलाडी नेयमार रहेको ब्राजिललाई रोक्न मेक्सिकोले विभिन्न रणनीति अपनाउनेछ । ब्राजिलका स्टार नेयमारलाई रोक्दै आफ्नो जित निकाल्ने रणनीतिमा मेक्सिको हुनेछ । मेक्सिकोले ब्राजिलविरुद्ध जाभिएर हेर्नान्डेजलाई मुख्य हतियारका रुपमा मैदान उतार्नेछ । त्यस्तै उनीसँगै मेक्सिकोका लागि कार्लोस भेला, हिर्भिङ लोजानो पनि रहेका छन् ।

हेड टु हेड

ब्राजिल र मेक्सिकोबीच भएका खेलमा जितमा ब्राजिलले जितेको छ । अहिलेसम्म ब्राजिल र मेक्सिकोको भेट ४० पटक भएको छ । जसमा ब्राजिलले २३ पटक जितेको छ भने मेक्सिकोले १० पटक जितेको छ भने ७ पटक भएका खेलमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका छन् ।

ब्राजिलका ताकतः नेयमार, मार्सेलो र काउन्टीन्हो
 

ब्राजिलका स्टार नेयमारले रसिया विश्वकपको पहिलो खेलमा आम दर्शकको अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्न सकेनन् । जसमा स्वीट्जरल्यान्डसँग ब्राजिलले १—१ गोलको बराबरी खेल्यो । जसमा फिलीप काउन्टीन्होले एक गोल गर्दै नायक सावित भए ।
तर, ब्राजिलको समूह चरणको दोस्रो खेलमा स्टार नेयमारको कमब्याक भयो । जसमा उनले राम्रो पास निकाले पनि सुरुमा गोल हुन सकेन । नेयमारको कमब्याकसँगै ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्यो । कोस्टारिकासँगको खेल निकै रोचक भएको थियो । जसमा खेलको निर्धारित समय सकिएपछि थप गरिएको ७ मिनेटमा ब्राजिलले २ गोल गरेको थियो । जुन नेयमार र फिलीपे कोन्टिन्होले एक—एक गोल गरेका थिए । दोस्रो खेलमा कोस्टारिकालाई २—० गोलले पराजित गरेको छ ।

त्यस्तै, समूह चरणको अन्तिम सर्बियासँगको खेलमा ब्राजिलले २—० गोल अन्तरले जितेको थियो । सर्बियासँगको खेल ब्राजिलका लागि निर्णायक खेल थियो । सर्बियालाई जित्नैपर्ने दबाबलाई ब्राजिलका पाउलीन्होले ३६ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिएका थिए भने खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गोल गरेपछि २—० गोलले सर्बियालाई पराजित गरेको थियो ।

मेक्सिकोविरुद्ध आजको खेलमा ब्राजिलसँग स्टार खेलाडी नेयमारसँगै फिलीप कोउटीन्हो, थियागो सिल्भा, मार्सेलो र पाउलिन्हो पहिलो रोजाइका खेलाडी हुनेछन् ।

नेयमारका लागि चुनौती जाभिएर हेर्नान्डेज र कार्लोस भेला
 

जारी विश्वकप फुटबलमा मेक्सिकोले समूह चरणको पहिलो खेलमा चामत्कारिक प्रदर्शन गर्यो । जसमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको थियो । जर्मनीलाई मेक्सिकोले १—० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा नायकका रुपमा मेक्सिकोका फरर्वाड हिर्भिङ लोजानो बनेका थिए ।

मेक्सिकोले ब्राजिललाई पराजित गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने सपना बोक्दै क्वाटरफाइनल प्रवेश गर्नेछ । समूह चरणको दोस्रो मेक्सिकोले दक्षिण कोरियालाई २—१ गोलले पराजित गर्दा जाभिएर हेर्नान्डेज र कार्लोस भेलाले एक —एक गोल गरेका थिए ।
ब्राजिल विरद्धको खेल उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिलमाथि जित निकाल्ने रणनीतिमा मेक्सिको मैदान उत्रिँदैछ । मेक्सिको यसअघि २ पटक विश्वकपको क्वाटरफाइनल पुगेको छ ।
सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनल सम्म पुगेको थियो । रसिया विश्वकपमा इतिहास रच्ने लक्ष्यमा मेक्सिको रहेको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र