विश्वकप फुटबल : आजको खेलमा नेयमारलाई रोक्न सक्ला मेक्सिकोले ?

 

 जारी विश्वकप फुटबलमा ५ पटकको विश्वकप विजेता ब्राजिल प्रि—क्वाटरफाइनलमा सोमबार (आज) मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । समूह ई को विजेता ब्राजिल र समूह एफको उपविजेता मेक्सिको रसियाको समरा एरिनामा खल्दैछन् । खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा हुनेछ ।

1756925715Neymar

यसअघि समूह चरणका खेलमा दुवैले उतकृष्ट प्रदर्शन गर्दै प्रि—क्वाटरफाइनल पुगेका यी टोलीबीचको खेललाई विश्वकपमा महत्वपूर्ण मानिएको छ । तर, यसअघि शक्तिशाली मानिएका टिम जसले विश्वकपको ट्रफी उचाल्नसक्ने अनुमान गरिएको थियो जर्मनी, अर्जेन्टिना, पार्चुगल र स्पेन क्रमैसँग विश्वकपबाट बाहिरिएका छन् ।

यससँगै ब्राजिलको भविष्यका बारेमा टिकाटिप्पणी जारी छ । ब्राजिलका स्टार नेयमार लयमा आइसकेकाले पनि ब्राजिललाई रोक्न गाह्रो पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ पटकको विश्वकप उपाधि विजेता ब्राजिल र दुई पटको क्वाटरफाइनलसम्म पुगेको मेक्सिकोले आ—आफ्नो इतिहास बनाउने दाउमा हुनेछन् ।

विश्वकै सबैभन्दा महंगा खेलाडी नेयमार रहेको ब्राजिललाई रोक्न मेक्सिकोले विभिन्न रणनीति अपनाउनेछ । ब्राजिलका स्टार नेयमारलाई रोक्दै आफ्नो जित निकाल्ने रणनीतिमा मेक्सिको हुनेछ । मेक्सिकोले ब्राजिलविरुद्ध जाभिएर हेर्नान्डेजलाई मुख्य हतियारका रुपमा मैदान उतार्नेछ । त्यस्तै उनीसँगै मेक्सिकोका लागि कार्लोस भेला, हिर्भिङ लोजानो पनि रहेका छन् ।

हेड टु हेड

ब्राजिल र मेक्सिकोबीच भएका खेलमा जितमा ब्राजिलले जितेको छ । अहिलेसम्म ब्राजिल र मेक्सिकोको भेट ४० पटक भएको छ । जसमा ब्राजिलले २३ पटक जितेको छ भने मेक्सिकोले १० पटक जितेको छ भने ७ पटक भएका खेलमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका छन् ।

ब्राजिलका ताकतः नेयमार, मार्सेलो र काउन्टीन्हो
 

ब्राजिलका स्टार नेयमारले रसिया विश्वकपको पहिलो खेलमा आम दर्शकको अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्न सकेनन् । जसमा स्वीट्जरल्यान्डसँग ब्राजिलले १—१ गोलको बराबरी खेल्यो । जसमा फिलीप काउन्टीन्होले एक गोल गर्दै नायक सावित भए ।
तर, ब्राजिलको समूह चरणको दोस्रो खेलमा स्टार नेयमारको कमब्याक भयो । जसमा उनले राम्रो पास निकाले पनि सुरुमा गोल हुन सकेन । नेयमारको कमब्याकसँगै ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्यो । कोस्टारिकासँगको खेल निकै रोचक भएको थियो । जसमा खेलको निर्धारित समय सकिएपछि थप गरिएको ७ मिनेटमा ब्राजिलले २ गोल गरेको थियो । जुन नेयमार र फिलीपे कोन्टिन्होले एक—एक गोल गरेका थिए । दोस्रो खेलमा कोस्टारिकालाई २—० गोलले पराजित गरेको छ ।

त्यस्तै, समूह चरणको अन्तिम सर्बियासँगको खेलमा ब्राजिलले २—० गोल अन्तरले जितेको थियो । सर्बियासँगको खेल ब्राजिलका लागि निर्णायक खेल थियो । सर्बियालाई जित्नैपर्ने दबाबलाई ब्राजिलका पाउलीन्होले ३६ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिएका थिए भने खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गोल गरेपछि २—० गोलले सर्बियालाई पराजित गरेको थियो ।

मेक्सिकोविरुद्ध आजको खेलमा ब्राजिलसँग स्टार खेलाडी नेयमारसँगै फिलीप कोउटीन्हो, थियागो सिल्भा, मार्सेलो र पाउलिन्हो पहिलो रोजाइका खेलाडी हुनेछन् ।

नेयमारका लागि चुनौती जाभिएर हेर्नान्डेज र कार्लोस भेला
 

जारी विश्वकप फुटबलमा मेक्सिकोले समूह चरणको पहिलो खेलमा चामत्कारिक प्रदर्शन गर्यो । जसमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको थियो । जर्मनीलाई मेक्सिकोले १—० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा नायकका रुपमा मेक्सिकोका फरर्वाड हिर्भिङ लोजानो बनेका थिए ।

मेक्सिकोले ब्राजिललाई पराजित गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने सपना बोक्दै क्वाटरफाइनल प्रवेश गर्नेछ । समूह चरणको दोस्रो मेक्सिकोले दक्षिण कोरियालाई २—१ गोलले पराजित गर्दा जाभिएर हेर्नान्डेज र कार्लोस भेलाले एक —एक गोल गरेका थिए ।
ब्राजिल विरद्धको खेल उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिलमाथि जित निकाल्ने रणनीतिमा मेक्सिको मैदान उत्रिँदैछ । मेक्सिको यसअघि २ पटक विश्वकपको क्वाटरफाइनल पुगेको छ ।
सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनल सम्म पुगेको थियो । रसिया विश्वकपमा इतिहास रच्ने लक्ष्यमा मेक्सिको रहेको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति