नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट-आउटमा ३-२ ले हराउन सफल भएको छ । नियमित र अतिरिक्त समय १-१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको हो ।
डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो ।
तर, खेलमा पछि परेको २ मिनेटमै क्रोएसियाले गोल फर्काएको हो । क्रोएसियाका लागि स्ट्राइकर मारियो मान्डजुकिचले गोल गरेका थिए । क्रोएसियाको यस विश्वकपमा शतप्रतिशत नतिजा रहेको छ ।
दोस्रो हाफ र अतिरिक्त समयमा गोल हुन नसक्दा खेल पेनाल्टीतर्फ मोडिएको थियो । सुट-आउटमा क्रोएसियाका गोलकिपर सुबासिचले ३ बचाऊ गर्दै टोलीलाई जिततर्फ डोर्याएका हुन् ।
क्रोएसिया समूह ‘डी’को समूह विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको थियो भने डेनमार्क समूह ‘सी’ को उपविजेता हुन सफल भएको हो । यस अघि उरुग्वे, फ्रान्स र रुस अन्तिम ८ मा प्रवेश गरिसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना र स्पेन बाहिरिएका छन् ।
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत