फिल्म “सञ्जू”ले तोड्यो बलिउड रेकर्ड !

सञ्जय दत्तको बायोपिक चलचित्र सञ्जू अहिले विश्वभरका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । सञ्जुको दोस्रो दिनको कमाइ अर्थात् शनिबार पनि उत्कृष्ट रहेको बलिउड स्रोतले दावी गरेको छ ।

dc-Cover-4ch1jtmcbe0poqp4pheaefr8f0-20180424132635.Medi_-800x445

सञ्जुले भारतीय सिनेमा हलहरुमा शनिबार ३८.२५ करोड आम्दानी गरेको छ । जबकि फिल्मले पहिलो दिन अर्थात् शुक्रबार ३४.७५ आम्दानी गरेको थियो । सोही अनुसार २०१८ मा दुई दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

चलचित्र सञ्जूलाई विश्वभर करीब ५३ सय हलहरुमा रिलिज गरिएको थियो । जबकि भारतमा मात्रै ४ हजार भन्दा बढी हलहरुमा रिलिज गरिएको छ जुन यो सालमा रेस ३ पछिको सबैभन्दा बढी हो । तर फिल्मको कलेक्सन रेस ३ को भन्दा बढी छ । सञ्जू निर्माण गर्न करिब १०० करोड लागेको थियो, जसलाई खर्च गरेका थिए निर्माता निर्देशक राजकुमार हिरानीले ।

तर सञ्जू हिट हुन्छ या हुन्न भन्नेमा विभिन्न अड्कल बाजीहरु भइरहेका छन् । यदि सञ्जूले १५० करोड कलेक्सन गर्यो भने हिट क्याटेगोरीमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको