फिस्ट (एजेन्सी) – विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे ।

खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका थिए ।
तर उरुग्वे ६२ औं मिनेटमा फेरी अग्रता लिन सफल भएको हो । काभानीले बक्स छेऊबाट सुन्दर गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरेका हुन् । यस जितसंगै उरुग्वे अन्तिम ८ मा प्रवेश गरेको छ भने क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल घर फर्किन बाध्य भएको छ ।
यस अघि मेस्सी सम्मिलित अर्जेन्टिना फ्रान्ससंग ४-३ ले पराजित भएको थियो । अब क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने छन् ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि