आजबाट विश्व कप फुटबलको नकआउट चरण : आज क-कसले खेल्ने ?

मस्को (एजेन्सी)– रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

Screen-Shot-2018-06-27-at-14.09.37-b153ffe

त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राती ११ः४५ मा सुरु हुनेछ । यी दुई खेलको विजेता क्वार्टरफाइनलमा भिड्नेछन् ।

फ्रान्स आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा अर्जेन्टिना भने अन्तिम खेलमा संघर्षपूर्ण खेलमा नाइजेरियलाई २–१ ले हराउँदै अघि बढेको थियो । पहिलो खेलमा आइसल्यान्डसँग १–१ रोकिएर विश्व कपको यात्रा सुरु गरेको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग स्तब्ध भएको थियो ।

समूहको अन्तिम जित्दै पर्ने खेलमा सुखद नतिजाका साथ अर्जेन्टिना अघिल्लो चरणको यात्रा गर्न सफल भएको थियो । उरुग्वे भने आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा स्पेनसम्मिलित समूहबाट पोर्चुगल उपविजेताका रुपमा अघि बढेको थियो । सुरुवाती दुई खेलमा चार गोल गरेका रोनाल्डो इरानसँग पेनाल्टीमा गोल गर्नबाट चुक्दा आलोचनाको शिकार हुनुपरेको थियो ।

प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् । पछिल्लो ३६ वर्षमा अफ्रिकाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेन ।

अन्तिम १६ मा पुग्ने टोली – उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंगल्याण्ड, कोलम्बिया र जापान

विश्व कपमा आज हुने खेल 
असार १६ गते
फ्रान्सविरुद्ध समूह अर्जेन्टिना-साँझ ७ः४५ बजे

उरुग्वे विरुद्ध पोर्चुगल -राती ११ः४५ बजे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र