मस्को (एजेन्सी)– रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राती ११ः४५ मा सुरु हुनेछ । यी दुई खेलको विजेता क्वार्टरफाइनलमा भिड्नेछन् ।
फ्रान्स आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा अर्जेन्टिना भने अन्तिम खेलमा संघर्षपूर्ण खेलमा नाइजेरियलाई २–१ ले हराउँदै अघि बढेको थियो । पहिलो खेलमा आइसल्यान्डसँग १–१ रोकिएर विश्व कपको यात्रा सुरु गरेको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग स्तब्ध भएको थियो ।
समूहको अन्तिम जित्दै पर्ने खेलमा सुखद नतिजाका साथ अर्जेन्टिना अघिल्लो चरणको यात्रा गर्न सफल भएको थियो । उरुग्वे भने आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा स्पेनसम्मिलित समूहबाट पोर्चुगल उपविजेताका रुपमा अघि बढेको थियो । सुरुवाती दुई खेलमा चार गोल गरेका रोनाल्डो इरानसँग पेनाल्टीमा गोल गर्नबाट चुक्दा आलोचनाको शिकार हुनुपरेको थियो ।
प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् । पछिल्लो ३६ वर्षमा अफ्रिकाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेन ।
अन्तिम १६ मा पुग्ने टोली – उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंगल्याण्ड, कोलम्बिया र जापान
विश्व कपमा आज हुने खेल
असार १६ गते
फ्रान्सविरुद्ध समूह अर्जेन्टिना-साँझ ७ः४५ बजे
उरुग्वे विरुद्ध पोर्चुगल -राती ११ः४५ बजे
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज