विश्वकप फुटबलको समूह चरणका खेल सकिएका छन् । यससँगै १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणका खेल शनिबारदेखि सुरु हुँदैछन् ।
नकआउट चरणको पहिलो खेलमा शनिबार फ्रान्स र अर्जेन्टिना खेल्नेछन् । समूह सीको विजेता फ्रान्सले समूह डीको उपविजेता अर्जेन्टिनासँग खेल्ने भएको हो । फ्रान्स समूूह चरणमा सहज जित हात पार्दै नकआउट चरणमा पुगेको हो भने अर्जेन्टिना मुश्किलले समूह उपविजेता बन्न सफल भएको हो । यो खेल शनिबार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

शनिबार राति पौने १२ बजे समूूह ए को विजेता उरुग्वे र समूूह बीको उपविजेता पोर्चुगल खेल्नेछन् । उरुग्वे समूूह चरणका सबै खेल जित्दै ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुुग्दा पोर्चुगल भने ५ अंकका साथ समूहको उपविजेता बनेको थियो । उसले समूूह चरणमा १ खेलमा जित र २ मा बराबरी खेलेको थियो ।
यस्तै, आइतबार राति समूह बीको विजेता स्पेनले समूह एको उपविजेता घरेलु टोली रुससँग खेल्नेछ । प्रतियोगिता सुरु हुनु अघिसम्म धेरैले औषत टिम मात्र मानेको रुसले समूह चरणमा गतिलो खेल प्रदर्शन गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो । यो खेल आइतबार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

आइतबार राति नै समूह सीको उपविजेता डेनमार्क र समूह डीको विजेता क्रोएशिया खेल्नेछन् । यो खेल राति पौने १२ बजे सुरु हुनेछ ।
समूह ईको विजेता ब्राजिलले समूह एफको उपविजेता मेक्सिकोसँग सोमबार खेल्नेछ । खेल राती पौने ८ बजेपछि शुरु हुनेछ ।
सोमबार नै राती पौने १२ बजेपछि सुरु हुने अर्को खेलमा समूह जीको विजेता बेल्जियम र समूह एचको उपविजेता जापान खेल्नेछन् ।
मंगलबारको पहिलो खेलमा समूह एफको विजेता स्वीडेन र समूह ई को उपविजेता स्वीट्जरल्याण्ड आमनेसामने हुनेछन् । खेल राति पौने ८ बजेपछि शुरु हुनेछ ।

अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता कोलम्बिया र समूह जीको उपविजेता इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल मंगलबार राति पौने १२ बजेपछि सुरु हुनेछ ।
प्रिक्वार्टरफाइनलबाट ८ टिम बाहिरिनेछन् भने ८ टिम क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछन् ।
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा
माघ १९,काठमाडौँ । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा